सुजुकी मोटर कम्पनीका संस्थापकको निधन « Khabarhub

सुजुकी मोटर कम्पनीका संस्थापकको निधन


१२ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


549
Shares
  • change font
  • change font
  • change font

टोकियो– सुजुकी मोटर कर्पोरेशनका संस्थापक तथा पूर्व अध्यक्ष ओसामु सुजुकीको निधन भएको छ ।

उनले ९४ वर्षको उमेरमा अन्तिम सास लिएका छन् । ओसामु सुजुकीले ४० वर्षभन्दा बढी समय सुजुकी मोटर कर्पको नेतृत्व गर्दै सन् २०२१ मा आफ्नो अवकाशको घोषणा गरेका थिए । त्यतिबेला उनी ९१ वर्षको थिए ।

सुजुकी मोटर कर्पका अध्यक्षको मृत्यु २५ डिसेम्बरमा भए पनि कम्पनीले शुक्रबार २७ डिसेम्बरमा निधन भएको जानकारी दिएको हो ।

कम्पनीद्वारा जारी विज्ञप्ति अनुसार यो जानकारी प्राप्त भएको हो । ओसामु सुजुकीको नेतृत्वमा कम्पनीले विश्व बजारमा विस्तार गरेको थियो । कम्पनी विशेष गरी यसको मिनी कार र मोटरसाइकल को लागी प्रसिद्ध छ।

सुजुकीको जीवन यात्रा एक साधारण परिवारबाट सुरु भएको थियो र ओसामु सुजुकीको जन्म ३० जनवरी १९३० मा जापानको गेरो गिफु प्रिफेक्चरमा भएको थियो ।

टोकियोको चाओ युनिभर्सिटीमा कानूनको डिग्री अध्ययन गरेका उनले जुनियर हाई स्कूल शिक्षक र नाइट गार्डको रूपमासमेत काम गरेका थिए ।

सन १९५३ मा स्नातक गरेपछि उनले सुरुमा बैंकमा काम गरे । त्यस पछि विवाह गरेर सुजुकी पारिवारिक व्यवसायमा सामेल भएका थिए। यो टर्निङ प्वाइन्टले उनको छ दशक लामो करियरको सुरुवात गर्‍यो ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  ३ : ०१ बजे

ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन १०२ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा

‘भ्यूजका लागि सर्प उद्धार गर्दा ज्यानै जान्छ’

काठमाडौँ- नेपालमा पाइन सर्पका अधिकांश प्रजाति मानिसबाट टाढा बस्न रुचाउँछन्

पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे

उरुग्वेलाई १–० गोलले हराउँदै स्पेन समूह विजेताको रुपमा फिफा विश्वकपको नकआउट चरणमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा स्पेन समूह ‘एच’ को