‘साना जलविद्युत आयोजनालाई प्रोत्साहन गर्ने गरी कानून बनाउनुपर्छ’ « Khabarhub

‘साना जलविद्युत आयोजनालाई प्रोत्साहन गर्ने गरी कानून बनाउनुपर्छ’


१२ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसदहरूले साना जलविद्युत आयोजनाहरूलाई प्रोत्साहन गर्ने गरी कानून बनाउनुपर्नेमा जोड दिएका छन् ।

सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समिति बैठकमा विद्युत् विधेयक, २०८० माथि संशोधनकर्तासँगको छलफलका क्रममा उनीहरूले ग्रामीण क्षेत्रमा सामुदायिक लघु विधुतिकरणलाई प्राथमिकता दिने गरी कानून बनाउनुपर्नेमा जोड दिएका हुन् ।

संशोधनकर्ता सांसद महेश बर्तौलाले साना आयोजनाहरूलाई प्रोत्साहन गर्ने गरी कानून बनाउनुपर्ने बताए ।

सामुदायिक तहमा विद्युत् उत्पादन गरेर स्थानीय माग पुरा गर्ने काम भएकाले त्यसलाई विधेयकमा सकारात्मक ढंगले सम्बोधन गर्नुपर्ने उनले बताए ।

उनले सय मेगावाट भन्दा बढीका आयोजनाहरूको निर्माण नेपालीहरू आफैले गर्न सक्दैनन् भन्ने प्रावधान विधेयकमा राखिएको अनुभव भएकाले त्यसलाई सुधार गर्नुपर्नेमा जोड दिए । बर्तौलाले निजी क्षेत्रलाई समेत जलविद्युत आयोजना निर्माणमा सहज रूपमा आउने वातावरण बनाउनुपर्ने धारणा राखे ।

त्यस्तै सांसद सुमना श्रेष्ठले जलविद्युत क्षेत्रका विभिन्न निकायमा स्थानीय जनप्रतिनिधि राजनीतिज्ञलाई सहभागिता जनाउन दिन नहुने बताइन् ।

सरकारले विद्यमान विद्युत् ऐन, २०४९ लाई प्रतिस्थापन गर्ने गरी नयाँ ऐन निर्माण गर्ने उद्देश्यले भदौ २७ गते संसदमा विद्युत् विधेयक, २०८० दर्ता गरेको थियो । विधेयकमा निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिने, प्रतिस्पर्धाको आधारमा आयोजनाको लाइसेन्स दिने र विद्युत् खरिद विक्री सम्झौता गर्ने लगायतका प्रावधान उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  ४ : ०१ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको