माओवादीको आरोप- निजामती सेवा विधेयक अघि बढाउन सरकारले ढिला गर्‍यो « Khabarhub

माओवादीको आरोप- निजामती सेवा विधेयक अघि बढाउन सरकारले ढिला गर्‍यो


१२ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रले  सङ्‍घीय निजामती सेवासम्बन्धी विधेयकलाई अघि बढाउन सरकारले नै ढिला गर्न खोजेको आरोप लगाएको छ ।

सिंहदरबारमा शुक्रबार बसेका प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा सङ्‍घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधनकर्तासँगको छलफलका क्रममा माओवादी प्रमुख सचेतक हितराज पाण्डेले विधेयकको छलफलका क्रममा सामान्य प्रशासनमन्त्री उपस्थित नहुनुले सरकारले नै उक्त विधेयकलाई ढिला गर्न खोजेको महसुस भएको बताएका हुन् ।

उनले सङ्‍घीय निजामती सेवासम्बन्धी विधेयक अघि नबढ्दा प्रदेश र स्थानीय सरकारले सहज ढंगले काम गर्न नसकेकाले गम्भीर हुन आग्रह गरे । विधेयकलाई छिटो अघि बढाउनका लागि पटक पटक समितिलाई आग्रह गर्दा कुनै समितिले पनि कुनै ध्यान नै नदिएको उनले बताए  ।

समितिले शुक्रबार नै संशोधनकर्तासँगको छलफल सम्पन्न गरेको छ । अव बस्ने बैठकमा सरोकारवालासँग छलफल गरेर दफावार छलफल गरिने समिति सभापति रामहरि खतिवडाले जानकारी दिए ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  ५ : ४५ बजे

गण्डकीमा महिलाको उम्मेदवारी न्यून

गण्डकी– गण्डकी प्रदेशमा आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको

दिल्ली उच्च अदालतद्वारा सलमान खानलाई नोटिस, चार हप्ताभित्र जवाफ दिन आदेश

काठमाडौं- बलिउड सुपरस्टार सलमान खान प्रायः कुनै न कुनै कारणले

कांग्रेस नफुटोस् भनेर मध्यमार्गी धार अपनाए : शेखर कोइराला

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी फुटबाट

चितवन ३ मा दुई चर्चित नेतृ आमने-सामने, कसले मार्ला बाजी ?

काठमाडौं– उम्मेदवारी दर्ता सकिएसँगै चुनावी सरगर्मी बढेको छ । चिया

उम्मेदवारको भाइरल मोह– सचेत मतदाताले रुचाउलान् त चटक ?

काठमाडौं— चुनावमा मतदातालाई प्रभावित पार्न गोठमा पुगेर गाई दुहुने, भकारो