सुनसरी–४ मा कांग्रेस र रास्वपाका कार्यकर्ताबीच झडप « Khabarhub

सुनसरी–४ मा कांग्रेस र रास्वपाका कार्यकर्ताबीच झडप


९ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

सुनसरी– सुनसरी-४ मा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का कार्यकर्ताबीच झडप हुँदा प्रहरीले लाठीचार्ज गर्नुपर्ने स्थिति आएको छ ।

सुनसरी क्षेत्र नम्बर -४ भोक्राहा नरसिंह गाउँपालिका–४ मा नेपाली कांग्रेसको चुनावी कार्यक्रममा कांग्रेस र रास्वपाका कार्यकर्ताबीच झडप हुँदा प्रहरीले लाठीचार्ज गरेको हो ।

कांग्रेस उम्मेदवार ज्ञानेन्द्र कार्की चुनावी सभालाई सम्बोधन गर्न जाने क्रममा बाटोमै रास्वपाका केही युवासँग भेट भएपछि विवाद सुरु भएको थियो। सामान्य भनाभन चर्किंदै हात हालाहालसम्म पुगेपछि अवस्था तनावपूर्ण बनेको थियो।

निर्वाचन सुरक्षामा खटिएको प्रहरीले दुवै पक्षलाई नियन्त्रणमा लिन र भीड तितरबितर गर्न लाठीचार्ज गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार झडपमा संलग्न कार्यकर्ताहरू एउटै क्षेत्रका छिमेकी भए पनि फरक–फरक राजनीतिक दलमा आवद्ध भएकाले विवाद उत्पन्न भएको थियो।  

प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार  ३ : ०० बजे

धैर्य, एकता र कर्तव्यका साथ पुनर्निर्माणमा अघि बढौँ : प्रधानमन्त्री शाह

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले धैर्य एकता र कर्तव्यका साथ विपद्को

विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन

काठमाडाैं – प्रेस काउन्सिल नेपालले विपद्का बेला समाचार सम्प्रेषण गर्दा

बाढीले पुल बगाएपछि देवीघाटमा त्रिशूलीमाथि बनाइयो तुइन (तस्बिरहरू)

नुवाकोट – नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटमा बाढीले पुल बगाएपछि त्रिशूली

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप

काठमाडौं – एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा

भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै

काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी