गुणस्तरीय बीउबिजनमा कृषकको पहुँच बढाउनुपर्छ : मन्त्री अधिकारी « Khabarhub

गुणस्तरीय बीउबिजनमा कृषकको पहुँच बढाउनुपर्छ : मन्त्री अधिकारी


१२ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गुणस्तरीय बीउबिजनमा कृषकको पहुँच बढाउन आवश्यक रहेको बताएका छन् ।

नेपाल बीउ व्यवसायी सङ्घको २६ औँ साधरणसभा तथा अधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै उनले कृषि क्षेत्रको आधार स्तम्भ बीउ भएकाले समयमै गुणस्तरीय बीउ किसानलाई उपलब्ध गराउन व्यवसायीले ध्यान पुर्‍याउन आवश्यक रहेको बताए ।

आमनागरिकको घर खेतसम्म बीउ पुग्ने र यस्मा समस्या देखिँदा खाद्य सङ्कट समेत आउन सक्ने भएकाले बीउबिजनमा काम गर्नेहरू थप संवेदनशील हुन जरूरी रहेको मन्त्री अधिकारीले बताए ।

गुणस्तरीय बीउबिजनमा कृषकको पहुँच बढाउन सरकारले कानूनी, संरचनागत तथा संस्थागत प्रवन्धहरू विगतदेखि नै गर्दै आइरहेको भन्दै बीउबिजन ऐन, २०४५ तथा बीउबिजन नियमावली, २०८१ मा भएका नयाँव्यवस्था निजी क्षेत्रमैत्री रहेको पनि बताए ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  ८ : ४९ बजे

विशाल लक्ष्यमा मुम्बईको जित : बने महत्त्वपूर्ण रेकर्ड

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सले ऐतिहासिक जित

कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा सञ्चालित स्पा

डलर उच्च बिन्दुमा : सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौँ – आज २०८२ साल चैत १६ गते सोमबार चैत