सन् २०२७ सम्म भारतमा डेटा सेन्टरमा लगानी १ खर्ब नाघ्ने | Khabarhub Khabarhub

सन् २०२७ सम्म भारतमा डेटा सेन्टरमा लगानी १ खर्ब नाघ्ने


१२ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तीव्र गतिमा आर्थिक विकाससँगै भारतमा डेटा सेन्टरको क्षेत्रमा पनि लगानी बढिरहेको छ । हाल विश्व बजारमा डेटा सेन्टरको क्षेत्रमा पनि भारतले विकास गरिरहेको छ ।

सन् २०२७ सम्म भारतमा डेटा सेन्टरको क्षेत्रमा हुने लगानी १ खर्ब डलरभन्दा धेरै हुने निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक भएको छ ।

अमेरिकामा आधारित वित्तीय सेवा प्रदायक संस्था कोल्डवेल बैंकर रिचर्ड एलिस ९सीबीआरई० ले जारी गरेको प्रतिवेदनमा सन् २०२७ सम्म भारतमा डेटा सेन्टरको क्षेत्रमा हुने लगानी १ खर्ब डलरभन्दा धेरै पुग्ने प्रक्षेपण गरिएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार अहिले महाराष्ट्र र तामिल नाडुजस्ता राज्यमा डेटा सेन्टरको व्यवसाय बढ्दै गएको छ । रणनीतिक पूर्वाधारका कारण मुम्बई, चेन्नइ, बेङ्गलुरु, दिल्लीजस्ता शहरमा डेटा सेन्टरको व्यवसाय फस्टाउँदै गएको जनाइएको छ ।

सन् २०१९ देखि सन् २०२४ सम्म भारतमा वैदेशिक र घरेलु लगानीकर्ताले ६० अर्ब डलर लगानी गरिसकेका छन् ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  १० : २१ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’