पाकिस्तानमा खाना पकाउने ग्यासको भाउ बढ्ने | Khabarhub Khabarhub

पाकिस्तानमा खाना पकाउने ग्यासको भाउ बढ्ने


१२ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानमा खाना पकाउने ग्यासको मूल्य ह्वात्तै बढ्ने देखिएको छ । पाकिस्तानको तेल तथा ग्यास नियामक प्राधिकरणले ग्यासको मूल्य बढाउने तयारी गरेको हो ।

एआरवाई न्युजका अनुसार प्राधिकरणले मूल्य बढाउने निर्णय संघीय सरकारसमक्ष पठाइसकेको छ । अब सरकारले स्वीकृत गर्नेबित्तिकै मूल्य बढ्ने छ ।

प्राधिकरणले औसतमा सिन्ध र बलोचिस्तान प्रान्तमा २५.७८ प्रतिशत र इस्लामावाद, पञ्जाब र खैबर पख्तुनख्वा प्रान्तमा औसतमा ८.७१ प्रतिशतले मूल्य बढाउने तयारी गरेको छ । पाकिस्तानमा सञ्चालित ग्यास वितरण गर्ने कम्पनीहरुले बढिमा २ सय प्रतिशतभन्दा धेरै मूल्य बढाउने प्रस्ताव गरेका थिए । यद्यपि प्राधिकरणले भने त्यसो गर्न नमानेको समाचारमा जनाइएको छ ।

उच्च मुद्रास्फीतिसँगै ग्यासको भाउ बढाउन ग्यास कम्पनीमाथि तीव्र वित्तीय दबाब छ । पाकिस्तानमा हाल खाना पकाउने ग्यासको आपूर्ति अपर्याप्त रहेको जनाइएको छ ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  १० : ३२ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’