‘अराजकताविरुद्ध सरकार कठोर निर्णय गर्नेछ’ « Khabarhub

‘अराजकताविरुद्ध सरकार कठोर निर्णय गर्नेछ’


१३ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

दमक– कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सबै किसिमका अराजकताका विरुद्ध सरकार कठोर भएर अघि बढ्ने बताएका छन्।

अराजकता र राजनीतिक अस्थिरतालाई उपयोग गरे नेपाली जनताको विकास र समृद्धिको चाहनामा अवरोध पुर्‍याउने नयाँ, पुराना जुनसुकै पार्टीका नेता, कार्यकर्तालाई कानुनी कठघरामा ल्याउने सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री कार्कीको बताए।

नेकपा (एमाले) दमक नगर कमिटीले आज पर्यटकीयस्थल इलामको चुलाचुलीस्थित चपेटीमा आयोजना गरेको वनभोजसहित बाल प्रतिभाको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एमाले) का स्थायी कमिटी सदस्यसमेत रहेका मुख्यमन्त्री कार्कीले भने, ‘सहकारीमा जम्मा गरेको सर्वसाधारणको करोडौँ अर्बौँ रकम अपचलन गर्ने, आफ्नै बैंक खातामा कहाँबाट पैसा आयो भन्ने थाहा नपाए झै गर्ने, आफैँले काटेको चेक मलाई थाहा छैन भन्ने जस्ता गैर जिम्मेवारी पूर्णजवाफ दिनेसम्मका हर्कत अराजक प्रवृत्तिहरू हुन् ।’

कुनै बहानामा ठगी र अपराध गर्ने कानुनी दायरा बाहिर हुन नसक्ने भन्दै उहाँले कुनै दल विशेषको नेता हुँदैमा कानुनी कारबाहीबाट मुक्ति हुनुपर्छ भन्ने तर्क गर्नेले सामाजिक सञ्जालमा अराजकता मच्चाइरहेको उल्लेख गरे। सत्तरी प्रतिशत जनमतसहितका कांग्रेस–एमालेको सत्ता सहकार्यबाट मुलुकअघि बढिरहेको र यसले सरकारको स्थिरता र जनताको विकास र समृद्धिको चाहनालाई बढाइरहेको उनको बताए।

एमाले केन्द्रीय सदस्य द्वय दीपक कार्की र इन्द्र भण्डारीले जब जब एमाले नेतृत्वको सरकार बन्छ तब तब विभिन्न उच्छृङ्खल र अराजक समूह सरकारको लोकप्रियता विरुद्ध सामाजिक सञ्जालदेखि सडकसम्म विभिन्न आरोप र लाञ्छना लगाउँदै अफबाह फैलाउँदै आएको टिप्पणी गरे।

प्रकाशित मिति : १३ पुस २०८१, शनिबार  ४ : ३२ बजे

विश्वकप फुटबल : पहिलो हाफमा उरुग्वेविरुद्ध स्पेनलाई १–० गोलको अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह एच को अन्तिम

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको

यी भूभागमा वर्षाको सम्भावना, कोशी प्रदेशमा ठूलो पानी पर्नसक्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इराकविरुद्ध सेनेगल ५–० गोलले विजयी, नकआउट चरणको सम्भावना जीवितै

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा

डेम्बेलेको ह्याट्रिकसँगै फ्रान्स समूह ‘आई’ को विजेता, नर्वे ४–१ गोलले पराजित

काठमाडौँ– फिफा विश्वकप फुटबलमा समूह आई को फ्रान्सले नर्वेमाथि सानदार