माधवले सम्झिए गिरिजा र माओवादी लडाकु « Khabarhub

माधवले सम्झिए गिरिजा र माओवादी लडाकु


१३ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले तत्कालीन विद्रोही नेकपा (माओवादी)लाई मूलधारको राजनीतिमा ल्याउन अहम् भूमिका निर्वाह गरेका पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालालाई सम्झिएका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले शनिबार सामाजिक सञ्जाल फेसबुकमा नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँग आन्दोलनको मोर्चामा सँगै बसेको तस्बिर राखेर सम्झना गरेका हुन् ।

नेपालले तस्बिरको क्याप्सनमा लेखेका छन्, ‘इतिहास हो तर धेरै पूरानो होइन…।’ उनले सोही क्याप्सनको तलतिर तत्कालीन विद्रोही माओवादी शान्ति प्रक्रियामा आइसकेपछि माओवादी लडाकुको क्यान्टोमेन्टमा आफू पुगेको तस्बिर पनि राखेका छन् ।

उक्त तस्बिरमा अध्यक्ष नेपालसँगै माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वसभामुख स्व. सुवासचन्द्र नेम्वाङ दायाँ–बायाँ लहरै उभिएका लडाकुको बीचबाट हिँड्दै गरेका देखिन्छन् ।

पूर्वप्रधानमन्त्री नेपालले राखेको तस्बिरमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ माओवादी लडाकुको पोसाकमा छन् । तत्कालीन समयमा पासाङ माओवादी लडाकुका डेप्यूटी कमान्डर थिए । आफ्नो पार्टीका लडाकुहरूलाई माओवादीले जनसेना भन्ने गरेको थियो ।

प्रकाशित मिति : १३ पुस २०८१, शनिबार  २ : १२ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको