माधवले सम्झिए गिरिजा र माओवादी लडाकु « Khabarhub

माधवले सम्झिए गिरिजा र माओवादी लडाकु


१३ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले तत्कालीन विद्रोही नेकपा (माओवादी)लाई मूलधारको राजनीतिमा ल्याउन अहम् भूमिका निर्वाह गरेका पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालालाई सम्झिएका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले शनिबार सामाजिक सञ्जाल फेसबुकमा नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँग आन्दोलनको मोर्चामा सँगै बसेको तस्बिर राखेर सम्झना गरेका हुन् ।

नेपालले तस्बिरको क्याप्सनमा लेखेका छन्, ‘इतिहास हो तर धेरै पूरानो होइन…।’ उनले सोही क्याप्सनको तलतिर तत्कालीन विद्रोही माओवादी शान्ति प्रक्रियामा आइसकेपछि माओवादी लडाकुको क्यान्टोमेन्टमा आफू पुगेको तस्बिर पनि राखेका छन् ।

उक्त तस्बिरमा अध्यक्ष नेपालसँगै माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वसभामुख स्व. सुवासचन्द्र नेम्वाङ दायाँ–बायाँ लहरै उभिएका लडाकुको बीचबाट हिँड्दै गरेका देखिन्छन् ।

पूर्वप्रधानमन्त्री नेपालले राखेको तस्बिरमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ माओवादी लडाकुको पोसाकमा छन् । तत्कालीन समयमा पासाङ माओवादी लडाकुका डेप्यूटी कमान्डर थिए । आफ्नो पार्टीका लडाकुहरूलाई माओवादीले जनसेना भन्ने गरेको थियो ।

प्रकाशित मिति : १३ पुस २०८१, शनिबार  २ : १२ बजे

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन

राप्रपा र नेकपा भित्रको विवादले बागमती प्रदेशसभा बैठक प्रभावित, मुख्यमन्त्रीले विश्वासको मत भोलि लिने

हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत

युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै

काठमाडौं – सन् २०२६ को गर्मीयाम युरोपमा असामान्य तापक्रम र

स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

स्याङ्जा – गल्याङ नगरपालिका–३ गल्याङ बजारबाट साङलियातर्फ गइरहेको जिप आज

जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल

काठमाडौं – जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेका माग सम्बोधन