समाचार

नागढुङ्गामा सडकमाथि गाडी, गाडीमाथि पहिरो !

By खबरहब

September 28, 2024

काठमाडौं – संघीय राजधानी प्रवेश गर्ने र बाहिरिने मुख्य नाका नागढुङ्गा चेकपोष्टदेखि सिस्नेखोलासम्म दर्जनौं पहिरो झरेको छ । पहिरोकै कारण शुक्रबारदेखि नै सो क्षेत्रको सडकमा सवारी आवागमन ठप्प थियो ।

सडकमा रोकिएका दर्जनौं सवारीसाधन पहिरोमा परेका छन्‌ । ती सवारीसाधनका यात्रुहरूले भागेर ज्यान जोगाएको बताएका छन्‌ । सयौं सवारीसाधनलाई यात्रु र चालकले छाडेर हिँडेका छन्‌ ।

नागढुङ्गाबाट ओरालो झर्नेबित्तिकै पहिरोले सडक अस्तव्यस्त बनाएको देखिन्छ ।

तस्बिरहरूः

(तस्बिरहरूः गोपाल भण्डारी)