समाचार

अनावश्यक आवतजावत नगर्न नेपाल टेलिकमको आग्रह

By खबरहब

September 28, 2024

काठमाडौं – सार्वजनिक स्वामित्वको दूरसञ्‍चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले अविरल वर्षा भइरहँदा अनावश्यक आवतजावत नगर्न सेवाग्राहीलाई आग्रह गरेको छ ।

बाढीपहिरोले देशभर धनजनमा क्षति गरेपछि टेलिकमले शनिबार मध्याह्न एक सन्देश प्रवाह गर्दै अनावश्यक आवतजावत नगर्न र गर्नैपर्ने भए उच्च सर्तकता अपनाउन अनुरोध गरेको हो ।

‘काठमाडौं उपत्यककासहित देशका विभिन्न स्थानमा अविरल वर्षाको कारण डुबान, बाढी, पहिरो र सडक दुर्घटनाजस्ता घटना घटिरहेका छन्,’ सन्देशमा लेखिएको छ, ‘यस्तो अवस्थामा अनावश्यक आवतजावत नगर्नुहुन र गर्नै पर्ने भए उच्च सर्तकतासहित आवातजावत गर्नु हुन अनुरोध छ ।’

टेलिकमले जीउज्यानको क्षति हुन नदिन सबैजना सुरक्षित स्थानमा रहन र मानवीय स्वयंसेवकहरूलाई उद्दारका लागि परिचालित हुन पनि अनुरोध गरेको छ ।