समाचार

बाढीपहिरो : काभ्रेमा पाँच जनाको मृत्युु, १४ जना बेपत्ता

By खबरहब

September 28, 2024

काठमाडौं – अविरल वर्षाका कारण चलेको बाढीपहिरोमा परेर काभ्रेमा हालसम्म पाँच जनाको मृत्यु भएको छ । १४ जना हराइरहेका छन्‌ ।

नेपाली प्रहरीले दिएको जानकारीअनुसार; जिल्लाभर कम्तिमा १८ घर पहिरोले बगाएको छ । २० ठाउँमा पहिरो चलेको छ ।

यो बिहान ९ बजेसम्म प्राप्त विवरणअनुसार जिल्लाका सबै नदी र खोलानालाले सतर्कताको तह पार गरेको छ ।