आज काठमाडौँको तापक्रम २.१ डिग्री सेल्सियस, यस वर्षकै बढी चिसो « Khabarhub

आज काठमाडौँको तापक्रम २.१ डिग्री सेल्सियस, यस वर्षकै बढी चिसो


१४ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


906
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यकामा आज यस वर्षकै सबैभन्दा चिसो महसुस गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाले आज काठमाडौँको न्युनतम तापक्रम २.१ डिग्री सेल्सियस मापन भएको जनाएको छ । हिजो काठमाडौँको तापक्रम २.५ डिग्री सेल्सियस मापन गरिएको थियो । महाशाखाका अनुसार आज दिउँसोको तापक्रम १६.५ डिग्री पुग्नेछ ।

महाशाखाले तत्कालै वर्षाको सम्भावना नरहेकाले अझै चिसो बढ्ने जनाएको छ । दिनदिनै तापक्रम घट्दै गएका कारण दिउँसो घाम लागे पनि बिहान र बेलुका निकै चिसो बढेको छ ।

आज जुम्लाको न्युनतम तापक्रम माइनस ४.९ र अधिकतम तापक्रम १३.६ डिग्री सेल्सियस पुग्ने महाशाखाको अनुमान छ ।

 

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ९ : ५७ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु