दलको नेताबाट भट्टलाई हटाउने निर्णय सच्याउन माओवादी सुदूरपश्चिम कमिटीको निर्देशन « Khabarhub

दलको नेताबाट भट्टलाई हटाउने निर्णय सच्याउन माओवादी सुदूरपश्चिम कमिटीको निर्देशन


१४ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश संसदीय दलका नेता खजराज भट्टलाई दलको नेताबाट हटाउने निर्णय तत्काल सच्याउन प्रदेश संसदीय दललाई निर्देशन दिएको छ ।

शनिबार बसेको माओवादी केन्द्रको प्रदेश कमिटी बैठकले उक्त निर्णयप्रति आपत्ति जनाउँदै सुदूरपश्चिम प्रदेश समितिले तुरुन्त निर्णय सच्याउन निर्देशन दिएको हो।

गत शुक्रबार प्रदेशसभा सचिवालयमा बसेको संसदीय दलको बैठकले खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई संसदीय दलको नेता बनाएको थियो । संसदीय दलका १० जनामध्ये ६ जनाको बहुमतको बैठकले भट्टलाई हटाएर धामीलाई दलको नेता बनाएको थियो।

संसदीय दलका नेता भट्टको जानकारी बिना उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा बसेको बैठकले दलको नेता परिवर्तन गर्ने निर्णयप्रति पार्टीको ध्यानाकर्षण भएको र निर्णय सच्याउन निर्देशन दिइएको अध्यक्ष हरिराम चौधरीले जानकारी दिए ।

माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष हरिराम चौधरी र सचिव जनकबहादुर बुढाको संयुक्त हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ, ‘माघ १२ गते नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक दल नेता कमरेड खगराज भट्टको जानकारीबिना उपनेता कमरेड अक्कल बहादुर रावलको अध्यक्षतामा बसी दलनेता परिवर्तन र सरकार परिवर्तन गर्ने भन्ने कुराप्रति पदाधिकारीहरूको गम्भीर ध्यानाकर्षण भएको छ। हाम्रो पार्टी परम्परा र विधि विपरीत केन्द्रीय कार्यालयको निर्देशनको समेत अवज्ञा गरी गरिएको निर्णयले पार्टीमा अराजकता र स्वेच्छाचारीताले संस्थागत मान्यता पाउने खतरा हुने भएकोले संसदीय दलको यो निर्णय पार्टीका हजारौँ कार्यकर्ताका मनोभावना विपरीतको भएकोले अविलम्ब सच्याउन संसदीय दललाई निर्देशन दिने निर्णय गरियो। साथै संसदीय दलको समस्यालाई गम्भीरतापूर्वक लिई अविलम्ब समाधानको लागि केन्द्रीय कार्यालयको उपस्थितिमा विवाद समाधान गर्ने पहल होस भन्ने आग्रह गर्ने निर्णय गरियो।’

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  १२ : ०८ बजे

नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

काठमाडौं– किक बक्सिङको इतिहासमा नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिमालयन

भोटेकोशी बाढीको एघारौं दिन : विद्युत् पूर्वाधार र सुरुङ उद्धार अभियानलाई तीव्र पारियो

काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विद्युत् पूर्वाधारमा ठूलो

खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी

काठमाडौं– सुदूरपश्चिम तथा कर्णाली क्षेत्रको मौलिक एवं प्रमुख सांस्कृतिक पर्व

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर प्रदर्शन

काठमाडौं– प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौँस्थित

भक्तपुर पर्यटनको ३२ वर्ष : ५२ लाखभन्दा बढी पर्यटक घुमे

भक्तपुर– भक्तपुरको पर्यटनको इतिहास ३२ वर्ष नाघेको छ । भक्तपुर