‘नमेटिने घाउ’ मा केपी ओलीको अभिनय  « Khabarhub

‘नमेटिने घाउ’ मा केपी ओलीको अभिनय 


१४ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


531
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  एमाले अध्यक्ष केपी शर्मा ओलीले फिल्म खेल्ने भएका छन् । अभिनेता रमित ढुङ्गानाको डेब्यू निर्देशन रहने ‘नमेटिने घाउ’ फिल्म को छायांकन फागुन दोस्रो साताबाट सुरु हुने छ ।

चलचित्रको शुभमुहूर्त पनि गरिएको छ । एमाले अध्य्क्ष केपी शर्मा ओली मुख्य अतिथिका रुपमा आमन्त्रण गरी आयोजना गरिएको कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।

पछिल्लो एसिड आक्रमणबाट पीडित बनेकाहरूको कथा समेटेर सो फिल्मको निर्माण गरिने अभिनेता ढुङ्गानाले जानकारी दिए । रमित ढुङ्गानाकै ब्यानरमा बन्ने यस फिल्मको कथा शिभम अधिकारीले लेखेका हुन् । लगानी पनि ढुङ्गाना कै रहेको छ ।

केपी ओली प्रधानमन्त्रीको भूमिकामा देखिने छन् । फिल्ममा रमितको पनि अभिनय रहनेछ । यस फिल्ममा धेरै नवकलाकारहरुले पनि अवसर पाएका छन् ।

आरती आचार्य, रचना गौतम, प्राप्ती पौडेल, टिकटक स्टार इभा गिरी, प्रभात पल ठकुरी सन्दीक लोहनी, अकिल बजगाईँ सिजन राउतलगायतले पनि फिल्ममा अभिनय गरेका छन् ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  १ : ४४ बजे

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का

दाङमा सराय नाचको रौनक सुरु

घोराही (दाङ)- दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुआत गरिएको

दसैँ मनाउन बाहिरिएकाहरु धमाधम काठमाडौं फर्किँदै

काठमाडौं- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेका