फाप्ला क्रिकेट स्टेडियमलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गर्ने तयारी भइरहेको छ : मन्त्री साउद « Khabarhub

फाप्ला क्रिकेट स्टेडियमलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गर्ने तयारी भइरहेको छ : मन्त्री साउद


१४ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

कैलाली- कैलालीको फाप्ला क्रिकेट स्टेडियमलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गर्ने तयारी भइरहेको परराष्ट्रमन्त्री एनपी साउदले बताएका छन् ।

खेल क्षेत्रले देशलाई विश्वमाझ चिनाउने बताउँदै उनले पूर्वाधार निर्माणमा सरकार लागि परेको बताए । “फाप्ला स्टेडियमलाई गौरवको आयोजना घोषणा गर्दैछौँ । त्यसका लागि प्रक्रियागत कुरा अगाडि बढेको छ”, उनले भने, “खेलकुदले देशलाई विश्वमाझ चिनाउँछ । पूर्वाधार निर्माणमा सरकारको प्राथमिकतामा छ ।”

नेपालको क्रिकेट खेल अभ्यासका लागि भारतले स्टेडियम उपलब्ध गराउने प्रतिबद्धता जनाउको उनले बताए । यसले नेपाली क्रिकेट खेलाडीलाई अभ्यासमा सघाउने उनको भनाइ छ ।

आइतबार कञ्चनपुरको भीमदत्त नगरपालिका– ४ महेन्द्रनगरस्थित खुलामञ्चमा तेस्रो मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । परराष्ट्रमन्त्री साउदले प्रतियोगिताको उद्घाटन गरेका हुन् । प्रतियोगिता माघ २० गतेसम्म चल्नेछ ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ४ : ५९ बजे

अब संसदलाई खुलामञ्च बनाउनुपर्छ : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौंको खलामञ्च खुला भएसँगै

भारतमा विरोध प्रदर्शनका क्रममा प्रहरीमाथि यौन दुर्व्यवहारको आरोप, अनुसन्धान सुरु

नयाँदिल्ली– भारतको निर्वाचन आयोगविरुद्ध राजधानी नयाँदिल्लीमा जारी विरोध प्रदर्शनका क्रममा

इतिहासले शक्ति होइन, शिक्षा दिन्छ; इतिहासबाट सिकेर नयाँ उत्तर खोज्नुपर्छ : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, संसद् र

पाकिस्तानी महिलाको ‘हनी ट्र्याप’ मा परी सैन्य सूचना चुहाएको आरोपमा भारतीय नौसेनाका जवान पक्राउ

काठमाडौं- सामाजिक सञ्जालमार्फत पाकिस्तानी गुप्तचर एजेन्टको ‘हनी ट्र्याप’ (प्रेम जाल)

ओलीको आरोप- सरकारले सांसदलाई उत्तरदायी बनाउन सकेन, कठपुतली बनाउन खोज्यो 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र, संविधान र