नेपाल र चीनबीचको सम्बन्धलाई जनस्तरको अन्तरक्रियाबाट अझ गहन बनाउनुपर्छ : राप्रपा « Khabarhub

नेपाल र चीनबीचको सम्बन्धलाई जनस्तरको अन्तरक्रियाबाट अझ गहन बनाउनुपर्छ : राप्रपा


१४ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाल र चीनबीचको विशिष्ट सम्बन्धलाई जनस्तरको अन्तरक्रियाबाट अझ गहन बनाउनुपर्ने जनाएको छ ।

दुई असल छिमेकीका रुपमा रहेका नेपाल र चीनबीचको ऐतिहासिक, मित्रवत र बुहआयामिक द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ र अर्थपूर्ण बनाउन जनस्तरको अन्तरक्रिया उपयोगी हुने राप्रपाका प्रवक्ता तथा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख सगुनसुन्दर लावतीले जनाएका हुन् ।

‘दुई असल छिमेकी बीचको आपसी सद्भाव र सम्बन्धलाई व्यावहारिक तहमा प्रवर्द्धन गर्न, सरकार र उच्च नेतृत्व तहका साथै जनस्तरको अन्तरक्रिया र सम्बन्धलाई पनि अझ गहन र सघन बनाउनु पर्दछ,’ उनले भने ।

एक चीन नीतिमा अभ्यस्त रहेर आपसी र समावेशी लाभका विषय, द्विपक्षीय सम्बन्ध प्रवर्द्धन गर्नु पर्ने उनले बताए ।

‘दुई छिमेकीबीच जसरी सुख दुखको सम्बन्ध हुन्छ, नेपाल र चीन दुई देशबीच, इतिहास साक्षी छ, त्यसै प्रकारको गहिरो र घनिष्ठ सम्बन्ध रही आएको छ । इतिहासका विभिन्न कालखण्डमा मात्र नभएर, आधुनिक युगको सन्दर्भमा समेत समावेशी र आपसी लाभको विषयमा सहकार्य र परामर्श हुँदै आएको विदितै छ ।’

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) अन्तराष्ट्रिय विभागकी उपमन्त्री सुन हायनको नेतृत्वमा प्रतिनिधिमण्डलको नेपाल भ्रमणको क्रममा आयोजित सीपीसी र नेपाली राजनीतिक दलहरु बीचको संयुक्त परामर्श सम्मेलनमा लावतीले यस्तो विचार राखेका हुन् ।

सरकार र नेतृत्व तहमा भएका सहमतिलाई व्यवहारमा प्रवद्र्धन गर्न समाजका विभिन्न तहमा अन्तरक्रियाहरु निरन्तर रहनु पर्दछ भन्ने उनको भनाइ थियो ।

‘जनता–जनता तहको अन्तरसम्बन्धको एउटा उदाहरण प्रस्तुत गरौं, काठमाडौं, चितवन र पोखरामा समेत छायाङ्कन भएको चिनियाँ चलचित्र अप इ द वीन्ड चीनमा प्रदर्शन भएपछि धेरै चिनियाँ नागरिकहरुले नेपालबारे जानकारी पाएको र नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकको संख्या ह्वात्तै बढेको भन्ने मिडिया रिपोर्ट मैले पढेको थिएँ,’ उनले भने ।

‘हुन त दुई छिमेकीबीच यस्ता भ्रमण, आदान प्रदान पाँचौ, सातौं शताब्दी देखि नै निरन्तर रहँदै आएको छ ।’ समावेशी र आपसी लाभको विषय अगाडि बढाउन नेपाल र चीनका राजनीतिक दलहरुको संयुक्त परामर्श सान्दर्भिक रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ५ : ५० बजे

प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूतको भेट, नेपाल–अष्ट्रेलिया सहकार्यमा जोड

काठमाडौं –प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले भेट गरेका

राजकुमार राव र श्रद्धा कपुर अभिनीत चर्चित हरर-कमेडी फिल्म ‘स्त्री-३’ २०२८ मा 

काठमाडौं– ‘स्त्री’ र ‘स्त्री २’ बाट दर्शकलाई डर र हाँसोको

आरेनको प्रश्न- भ्रष्टाचारका दोषीलाई समात्ने र छाड्ने काम भइरह्यो, यो कस्तो सुशासन हो ?

काठमाडौं– श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले सङ्घीयता, धर्मनिरपेक्षता, लोकतन्त्र

कांग्रेसले सरकारको ६ महिने कार्यसम्पादनमा ९ बुँदामा दियो शासकीय सुधारमा सुझाव र प्रश्न

काठमाडौं– नेपाली कांग्रेसका नेता भीष्म आङदेम्बेले प्रतिनिधि सभाको बैठकमा बोल्दै

रसुवा बाढीले क्षतिग्रस्त गल्छी–बेत्रावती सडकमा ट्रयाक खुल्यो, आवतजावत सुरु

काठमाडौं– रसुवा बाढीका कारण क्षतिग्रस्त गल्छी–बेत्रावती सडकखण्डमा ट्रयाक खोल्ने कार्य