नेपाल र चीनबीचको सम्बन्धलाई जनस्तरको अन्तरक्रियाबाट अझ गहन बनाउनुपर्छ : राप्रपा | Khabarhub Khabarhub

नेपाल र चीनबीचको सम्बन्धलाई जनस्तरको अन्तरक्रियाबाट अझ गहन बनाउनुपर्छ : राप्रपा


१४ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाल र चीनबीचको विशिष्ट सम्बन्धलाई जनस्तरको अन्तरक्रियाबाट अझ गहन बनाउनुपर्ने जनाएको छ ।

दुई असल छिमेकीका रुपमा रहेका नेपाल र चीनबीचको ऐतिहासिक, मित्रवत र बुहआयामिक द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ र अर्थपूर्ण बनाउन जनस्तरको अन्तरक्रिया उपयोगी हुने राप्रपाका प्रवक्ता तथा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख सगुनसुन्दर लावतीले जनाएका हुन् ।

‘दुई असल छिमेकी बीचको आपसी सद्भाव र सम्बन्धलाई व्यावहारिक तहमा प्रवर्द्धन गर्न, सरकार र उच्च नेतृत्व तहका साथै जनस्तरको अन्तरक्रिया र सम्बन्धलाई पनि अझ गहन र सघन बनाउनु पर्दछ,’ उनले भने ।

एक चीन नीतिमा अभ्यस्त रहेर आपसी र समावेशी लाभका विषय, द्विपक्षीय सम्बन्ध प्रवर्द्धन गर्नु पर्ने उनले बताए ।

‘दुई छिमेकीबीच जसरी सुख दुखको सम्बन्ध हुन्छ, नेपाल र चीन दुई देशबीच, इतिहास साक्षी छ, त्यसै प्रकारको गहिरो र घनिष्ठ सम्बन्ध रही आएको छ । इतिहासका विभिन्न कालखण्डमा मात्र नभएर, आधुनिक युगको सन्दर्भमा समेत समावेशी र आपसी लाभको विषयमा सहकार्य र परामर्श हुँदै आएको विदितै छ ।’

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) अन्तराष्ट्रिय विभागकी उपमन्त्री सुन हायनको नेतृत्वमा प्रतिनिधिमण्डलको नेपाल भ्रमणको क्रममा आयोजित सीपीसी र नेपाली राजनीतिक दलहरु बीचको संयुक्त परामर्श सम्मेलनमा लावतीले यस्तो विचार राखेका हुन् ।

सरकार र नेतृत्व तहमा भएका सहमतिलाई व्यवहारमा प्रवद्र्धन गर्न समाजका विभिन्न तहमा अन्तरक्रियाहरु निरन्तर रहनु पर्दछ भन्ने उनको भनाइ थियो ।

‘जनता–जनता तहको अन्तरसम्बन्धको एउटा उदाहरण प्रस्तुत गरौं, काठमाडौं, चितवन र पोखरामा समेत छायाङ्कन भएको चिनियाँ चलचित्र अप इ द वीन्ड चीनमा प्रदर्शन भएपछि धेरै चिनियाँ नागरिकहरुले नेपालबारे जानकारी पाएको र नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकको संख्या ह्वात्तै बढेको भन्ने मिडिया रिपोर्ट मैले पढेको थिएँ,’ उनले भने ।

‘हुन त दुई छिमेकीबीच यस्ता भ्रमण, आदान प्रदान पाँचौ, सातौं शताब्दी देखि नै निरन्तर रहँदै आएको छ ।’ समावेशी र आपसी लाभको विषय अगाडि बढाउन नेपाल र चीनका राजनीतिक दलहरुको संयुक्त परामर्श सान्दर्भिक रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ५ : ५० बजे

असोज १५ लाई ‘राष्ट्रिय चलचित्र दिवस’का रूपमा मनाइने

काठमाडौं – प्रत्येक वर्ष असोज १५ गतेलाई ‘राष्ट्रिय चलचित्र दिवस’

कांग्रेस नेता महरले भने: महाधिवेशनबारे भ्रम चिर्न तत्काल मिति घोषणा गर्नुपर्छ

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको १५

‘सिनेमा आर्ट्स’को सम्मान पत्र बाँसुरी फिल्मस्लाई, रौनक भन्छन् : मलाई त लाज भयो

काठमाडौं – फिल्म ‘कबड्डी कबड्डी’ निर्माता रौनक विक्रम कँडेल र

इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु

तेहरान – इजरायलसँग भएको १२ दिन लामो युद्धका क्रममा इरानमा