महिला क्रिकेटमा बागमती र कोशी प्रदेश विजयी | Khabarhub Khabarhub

महिला क्रिकेटमा बागमती र कोशी प्रदेश विजयी


१४ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवनमा जारी मैयाँदेवी स्‍मृति राष्ट्रिय महिला यु १९ क्रिकेट प्रतियोगितामा बागमती प्रदेश र कोशी प्रदेश विजयी भएको छ ।आइतबार भएको पहिलो खेलमा बागमती प्रदेशले कर्णाली प्रदेशविरुद्ध ८ विकेटको फराकिलो जित निकालेको हो । गौतमवुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमूना मैदानमा कर्णालीले दिएको ८३ रनको सामान्य लक्ष्य बागमतीले १३ ओभरमा २ विकेट गुमाएर भेट्टायो ।

बागमतीको जितमा कप्तान सोनी पाख्रिनले नटआउट सर्वाधिक २८ रन बनाईन् । ३० बल खेलेकी सोनीले २ चौका प्रहार गरिन् । ओपनर सेविका यादवले २८ बलमा १४ रन बनाईन् । कर्णालीकी एन्जिला थापाले १ विकेट हात पारिन् ।

त्यस अघि टस जितेर पहिलो ब्याटिङ रोजेको कर्णाली बागमतीको कशिलो बलिङ सामू निरिह बन्यो । १५ ओभरमा घटाईएको खेलमा कर्णालीले ७ विकेट गुमाउँदै ८२ रन मात्र जोड्न सक्यो । कर्णालीकी ओपनर त्रिसना विश्वकर्माले २२ तथा कप्तान किरण कुवँरले १७ रन जोडे । त्रिसनाले ३५ बलमा ३ चौकाको मद्दतमा २२ तथा कप्तान किरणले २८ बलमा २ चौकाको मद्दतमा १७ रन बनाए ।

कर्णालीलाई सस्तैमा समेट्न बागमतीकी पूजा साउदले ३ विकेट लिईन् । ३ ओभर बलिङ गरेकी पूजाले एक मेडन राख्दै १६ रन खर्चिन् । क्रिश्मा गुरुङ, मनिषा उपाध्याय र लक्ष्मी रुम्बाको नाममा एक(एक विकेट रह्यो ।

आजको दोस्रो खेलमा कोशी प्रदेशले मधेसलाई ४ विकेटले हरायो । समूह ए मा रहेको कोशीको यो पहिलो जित हो । कोशी यस अघि पहिलो खेलमा गण्डकी प्रदेशसँग पराजित भएको थियो । मधेसले भने लगातर दुई खेल दुई हार व्यहोरेको छ । मधेस पहिलो खेलमा सुदुरपश्चिमसँग पराजित भएको थियो ।

आज मधेसले दिएको एक सय १४ रनको लक्ष्य कोशीले १८ ओभर २ बलमा ६ विकेट गुमाएर पुरा गर्‍यो । कोशीले मधेसविरुद्ध राम्रो सुरुवात गरेको थियो । ओपनरद्धय भवानी कमाती र पुर्णिमा राजवंशीले राम्रो सुरुवात दिएपछि कोशीले जितको आधार तय गरेको थियो ।

यी दुई ओपनरबीच पहिलो विकेटका लागि ३९ रनको साझेदारी भएको थियो । जसमा भवानीले २४ बलमा व्यक्तिगत २६ रन बनाईन् । आक्रमक ब्याटिङ गरेकी भवानीले ५ चौका प्रहार गरिन् । पुर्णिमा ९ रन बनाएर पभिलियन फर्किईन् । कप्तान बिमला मलहा १३ र प्रिया मलहा १२ रनमा रनआउट भए । मधेसकी मोनिका साहले ३ विकेट लिए पनि हार टार्न सकिनन् ।

त्यस अघि टस जितेर पहिलो ब्याटिङ गरेको मधेसले साना प्रविनको ३७ रनको मद्दतमा निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय १३ रन बनाएको थियो । ३९ बल खेलेकीले सानाले ५ चौका प्रहार गरिन् । सीमा कुवँरले ३३ बलमा ३ चौकाको मद्दतमा २१ तथा भूमी सिंहले ११ रन जोडे । अन्य ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् । कोशीकी भवानी कमातीले २ तथा हिरनमयी रोय, प्रिया मलहा र निरा राजवंशीले समान एक(एक विकेट हात पारे ।

नेपाल लोकतान्त्रिक खेलकुद संघको आयोजनामा जारी प्रतियोगितामा सोमबार पनि दुई खेल हुनेछ । पहिलो खेलमा बिहान ९ः३० बजे कोशी प्रदेश र सुदुरपश्चिम प्रदेश भिड्नेछन् भने दोस्रो खेल दिउँसो १स्३० बजे बागमती र लुम्बिनी प्रदेशबीच हुनेछ ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ९ : १६ बजे

माओवादीले डाकेको विपक्षीको बैठकमा रास्वपा गएन

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

भक्तपुरमा कर्फ्यू : कुनकुन ठाउँमा हिँड्न पाइदैन ?

काठमाडौं – काठमाडौं, ललितपुर जस्तै भक्तपुर जिल्ला प्रशासन कार्यालयले समेत

उषाकिरणको आक्रोश– नानीहरूका हत्याराहरू एक मिनेट पनि सरकारमा बस्नु हुन्न

काठमाडौं– जेन–जी समूहले सोमबार गरेको आन्दोलनमा १९ जनाको मृत्यु भएको

जेन–जी पुस्ताको शान्तिपूर्ण आन्दोलनमा सरकारले दमन गर्‍याे : डा. डिला संग्रौला

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं पेसागत बुद्धिजीवी विभाग प्रमुख

ग्राउन्ड जिरो : जेनजी प्रदर्शनको इपिसेन्टर बानेश्वरको दृश्य, जुन पहिलाभन्दा फरक थियो

काठमाडौं – सवारी साधानको ट्राफिक जाम भइरहेन बानेश्वर-माइतीघरको सडकमा सोमबार