पोखरा थिएटरमा ‘१२ दुर्वासा’ नाटक मञ्चन | Khabarhub Khabarhub

पोखरा थिएटरमा ‘१२ दुर्वासा’ नाटक मञ्चन


१४ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

गण्डकी – पोखरा थिएटरको गन्धर्व नाटकघरमा गत पुुस २६ गतेदेखि मञ्चन सुरुभएको नाटक ‘१२ दुर्वासा’ नाटक १९ पटक पटक प्रदर्शन गरिएको छ ।

पोखरा थिएटरका अध्यक्ष परिवर्तनको निर्देशनमा तयार भएको नाटकमा उनीसहित १३ कलाकारले अभिनय गरेका थिए । अभिनय गर्नेमा रमेशबाबु तिमल्सिना, अनुषा परियार, रवीन्द्र मल्ल, सुसन पौडेल, रोशनी रामदाम, धनकाजी श्रेष्ठ, अञ्जु दाहाल, गोपाल भुषाल, राजेन्द्र अधिकारी, मनोज अदित्य, दिप्सना विश्वकर्मा र रोहित पौडेल थिए ।

यसमा यसअघि मञ्चन भएका नाटकभन्दा केही फरक अनुुभूति मिलेको दर्शकका साथै अभिनय गरेका कलाकार समेतले प्रतिक्रिया दिएका छन् । सबै जनाको मिहिनेतका कारण नाटक मञ्चन सफल भएको पोखरा थिएटरका संस्थापक सदस्य दिलप्रसाद गुरुङले जानकारी दिए।

अमेरिकन नाटककार रेग्नाल्ड रोजद्वारा लिखित नाटकको नेपाली अनुवाद सुरेश सापकोटाले गरेका थिए । नाटकका लागि पोखरा थिएटरको गन्धर्व नाटकघरमा ‘ट्राभर्स स्टेज’ निर्माण गरिएको र यस्तो स्टेजको प्रयोग गन्धर्व नाटकघरमा पहिलो भएको उनले बताए ।

‘टुबेल एङ्ग्री म्यान’को नेपाली रुपान्तरण रहेको नाटकमा छोराले बुबालाई मारेको हो होइन भन्ने विषयमा केन्द्रित छ । यो विषयमा अदालतलाई निर्णय गर्न गाह्रो भएपछि फरक–फरक पृष्ठभूमिका १२ जनालाई छलफल गरी निर्णय गर्न लगाइन्छ ।

उनीहरूको विचारमा देखिने विविधता र सङ्घर्ष नै नाटकको विषयवस्तु थियो । यो विषयवस्तुलाई प्रभावकारी बनाउँदै निष्कर्षमा पुग्न कलाकारले गरेको अभिनयात्मक बहस प्रशंसायोग्य थियो । उनीहरूको रोचक बहसले दर्शकलाई आकर्षित गराएको थियो ।

सन् २०५४ मा टेली प्ले (टेलिभिजन सिरिज)का रुपमा रेग्नाल्डले यो नाटक लेखेका थिए । पछि सन् १९५७ मा फिल्म निर्माण भयो । त्यसपछि यो विश्वव्यापी रुपमा झनै चर्चित बन्यो । विश्वका विभिन्न भाषामा यसको नाट्य चलचित्र निर्माण भएका छन् । यस नाटकले वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गिक समाजको चित्रण गरेको छ ।

लगातार विद्यार्थी केन्द्रित नाटक मञ्चन भइरहेको समयमा त्यसभन्दा भिन्न खालको नाटक प्रस्तुत गर्न गरिएको प्रयास सफल भएको निर्देशक एवं पोखरा थिएटरका अध्यक्ष परिवर्तनले बताए । यो नाटकबाट अभिनयको क्षेत्रमा समेत पुनः फर्किएका परिवर्तनले नाटक मञ्चनलाई भव्य बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  १० : १९ बजे

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार