अष्ट्रेलिया एसियन कपको क्वाटरफाइनलमा « Khabarhub

अष्ट्रेलिया एसियन कपको क्वाटरफाइनलमा


१४ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । अष्ट्रेलिया एएफसी एसियन कपमा क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको पहिलो प्रि–क्वाटरफाइनल खेलमा इन्डोनेसियालाई ४–०ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

अष्ट्रेलियालाई मार्टिन बोएल, क्रेग गुडविन र ह्यारी सुट्टारले गोल गरे । भने इन्डोनेसियाका एलकान बाग्गोटकोले आत्मघाती गोल गरे । खेलको ११औं मिनेटमा बाग्गोटकोले आत्मघाती गोल गरेका थिए ।

४५औं मिनेटमा अष्ट्रेलिया लागि मार्टिन बोएलले हेडर मार्फत गोल गरे । त्यस्तै ८९औं मिनेटमा गुडविन, र इन्ज्युरी समयको पहिलो मिनेटमा सुट्टारले गोल गरेका थिए । योसँगै अष्ट्रेलिया क्वाटरफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।

क्वाटरफाइनलमा अष्ट्रेलियाले साउदी अरेबिया र दक्षिण कोरिया बीचको खेलको विजेतासँग खेल्ने छ ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  १० : ४४ बजे

जलवायुजन्य विपतका प्रभावितलाई न्यायको माग गर्दै वसन्तपुरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– जलवायु परिवर्तनका कारण बढ्दो विपद् र जलवायु न्यायको माग

नेपाली कांग्रेसको महाधिवेशनमा केन्द्रीय कार्यसमितिको मनोनयन दर्ता सोमबार हुने

काठमाडौं- नेपाली कांग्रेसको आगामी १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

काठमाडौं– रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा