डिभोर्स हल्लाबारे बोलिन् नेहा कक्कड « Khabarhub

डिभोर्स हल्लाबारे बोलिन् नेहा कक्कड


१६ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय गायिका नेहा कक्कड  लामो समयदेखि लाइमलाइटबाट टाढा छिन् । उनी पछिल्लो एक वर्ष यता निष्क्रिय जस्तै छिन् । लाइमलाइटमा रहिरहेका बेला एक्कासि उनले कामबाट विश्राम लिँदा धेरै अड्कलबाजी भए ।

केहीले नेहाको दुई वर्षअघि रोहनप्रित सिंहसँगको वैवाहिक सम्बन्ध टुटेको अनुमान लगाए भने केहीले उनी गर्भवती भएको अड्कल गरे । यद्यपि यी विषयले नेहा विश्राममा रहँदा पनि चर्चामै रहिन् तर कुनै प्रतिक्रिया दिइनन् ।

तर, नेहाले टाइम्स अफ इन्डियासँगको कुराकानीमा विश्रामको कारण खुलासा गरेकी छिन् । लामो समय काममा सक्रिय रहँदा शारीरिक र मानसिक थकानका कारण बिश्राम लिएको उनले बताइन् । अब छिट्टै कमब्याक गर्ने उनको भनाइ छ ।

गर्भवती रहेको कुरा अफवाह रहेको बताउँदै उनले भनिन्, ‘म र रोहन अहिले सन्तानको योजनमा छैनौँ । तर बाहिर भने अर्कै चर्चा भइरहेको छ ।’

त्यसअघि सन् २०२१ मा विवाहको दुई महिनापछि नेहाले आफ्नो ‘बेबी बम्प’ देखाएको फोटो सेयर गरेकी थिइन् । त्यस समय उनी गर्भवती भएको धेरैको आशंका थियो । तर  पछि उनले सो फोटो म्युजिक भिडियो  ‘खयाल राख्या कर’ का लागि खिचाएको खुलासा भएको थियो ।

साथै आफू विश्राम हुँदा गर्भवती र डिभोर्सको हल्ला चलेको बारे आफू जानकार भएको उनको भनाइ छ ।  पतिसँग पनि सुमधुर सम्बन्ध रहेको र उनीसँगै समय बिताउनका लागि पनि कामबाट विश्राम लिएको उनको भनाइ छ ।

काममा कमब्याक गर्न लागेकी नेहा पछिल्लो ‘डान्स दिवाने ३’ मा अतिथिका रुपमा देखिएकी थिइन् । हालै उनी सामाजिक सञ्जालमा भाइरल भइरहेको गीत कान्ता लगा’ मा देखिएकी छिन् ।

 

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  ६ : ५४ बजे

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत

गैरदलीय निर्वाचन र प्रवासको मतदान अधिकारको मागसहित उज्यालो नेपाल पार्टी निर्वाचन आयोग जाँदै

काठमाडाैँ – उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचनको व्यवस्था गर्न

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बाँके– सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न