टी–२० सिरिजमा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दै « Khabarhub

टी–२० सिरिजमा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दै


१६ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


816
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिकोणात्मक टी–२० सिरिजको दोस्रो खेलमा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दै छ । खेल काठमाडौँको कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा बिहान साढे ११ बजे सुरु हुनेछ ।

हिजोबाट सुरु भएको सिरिजमा नेपालले पहिलो खेलमा नामिबियासँग २० रनको हार बेहोरेको थियो । नेदरल्याण्ड्सले भने सिरिजमा पहिलो खेल खेल्दै छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टिमको घोषणा गरेको छ ।

नेपाली टीममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, बिनोद भण्डारी, विवेक यादव, अनिल शाह, रसिद खान, सगर ढकाल, आरिफ सेख र अविनाश बोहोरा रहेका छन् ।

नेपालले यो सिरिजलाई आगामी जुनमा हुने टी–२० विश्वकपको तयारीको सुरुवातका रुपमा लिएको छ ।

आईसीसीको टी–२० वरियतामा तीन देश मध्ये नामिबिया सबैभन्दा अगाडि रहेको छ । नामिबिया वरियताको ११औँ स्थानमा रहेको छ भने नेदरल्याण्ड्स १५औँ स्थानमा छ । त्यस्तै नेपाल १६औँ स्थानमा छ ।

खेल तालिका
फागुन १७ गते– नामिबिया र नेदरल्याण्ड्स
फागुन १८ गते– नेपाल र नामिबिया
फागुन १९ गते– नेपाल र नेदरल्याण्ड्स
फागुन २० गते–  नामिबिया र नेदरल्याण्ड्स
फागुन २२ गते– फाइनल खेल ।

 

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  ७ : ५० बजे

विवादित व्यापारीले दिएको करोडौँको गाडीबारे जवाफ नदिएरै पन्छिए बालेन्द्र

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह विभिन्न मुद्दासमेत

आगामी बुधबार काठमाडौँ महोत्सव हुँदै

काठमाडौं– नेपाल उद्योग वाणिज्य सङ्घले यही माघ १४ देखि १७

प्रतिनिधिसभा सदस्य निर्वाचन : संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना

‍काठमाडौं– निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना गरेको छ

श्रीकृष्ण बेभरेजको पिउने पानीमा भेटियो एमोनिया 

काठमाडौं– काठमाडौं उपत्यकामा वितरण हुँदै आएको जारको पिउने पानीमा  मानव स्वास्थ्यका

सर्वोच्चको कारण देखाउ आदेशसँगै रेशम चौधरीले चुनाव लड्न नपाउने

काठमाडौं- नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले फागुन २१