टी–२० सिरिजमा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दै « Khabarhub

टी–२० सिरिजमा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दै


१६ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


816
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिकोणात्मक टी–२० सिरिजको दोस्रो खेलमा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दै छ । खेल काठमाडौँको कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा बिहान साढे ११ बजे सुरु हुनेछ ।

हिजोबाट सुरु भएको सिरिजमा नेपालले पहिलो खेलमा नामिबियासँग २० रनको हार बेहोरेको थियो । नेदरल्याण्ड्सले भने सिरिजमा पहिलो खेल खेल्दै छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टिमको घोषणा गरेको छ ।

नेपाली टीममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, बिनोद भण्डारी, विवेक यादव, अनिल शाह, रसिद खान, सगर ढकाल, आरिफ सेख र अविनाश बोहोरा रहेका छन् ।

नेपालले यो सिरिजलाई आगामी जुनमा हुने टी–२० विश्वकपको तयारीको सुरुवातका रुपमा लिएको छ ।

आईसीसीको टी–२० वरियतामा तीन देश मध्ये नामिबिया सबैभन्दा अगाडि रहेको छ । नामिबिया वरियताको ११औँ स्थानमा रहेको छ भने नेदरल्याण्ड्स १५औँ स्थानमा छ । त्यस्तै नेपाल १६औँ स्थानमा छ ।

खेल तालिका
फागुन १७ गते– नामिबिया र नेदरल्याण्ड्स
फागुन १८ गते– नेपाल र नामिबिया
फागुन १९ गते– नेपाल र नेदरल्याण्ड्स
फागुन २० गते–  नामिबिया र नेदरल्याण्ड्स
फागुन २२ गते– फाइनल खेल ।

 

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  ७ : ५० बजे

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन– अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको

वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी

तनहुँ– वर्षौँदेखि आफूले उपभोग गर्दै आएको जमिनको लालपुर्जा कहिले पाइएला

‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

काठमाडौँ– नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भूमिहीन, सुकुम्वासी तथा

भोटेकोशी बाढी प्रभावितलाई काठमाडौँ विश्वविद्यालयको ८५ लाख सहयोग

काभ्रे– भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि काठमाडौँ विश्वविद्यालयले