वर्तमान सरकार खरानीको डल्लो : ओली « Khabarhub

वर्तमान सरकार खरानीको डल्लो : ओली


१६ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् ।

आज सुनसरीको इनरुवा जानेक्रममा विराटनगर विमानस्थलमा पत्रकारहरूसँग अध्यक्ष ओलीले सरकारले नै गठन गरेको जाँचबुझ समितिले दिएको प्रतिवेदनमा मन्त्री ज्वाला दोषी देखिँदा पनि नैतिकताको ख्याल नगर्नु लज्जास्पद भएको बताए ।

उनले एमाले सरकारमा रहँदा नैतिकता देखाएको उल्लेख गर्दै ओलीले वर्तमान सरकार जिम्मेवारीहीन भएको उल्लेख गरे । उनले बालकुमारी घटनामा मन्त्री ज्वाला दोषी हुँदा पनि बर्खास्त गर्न नसक्नु प्रधानमन्त्री पुष्पकमल दाहालको लाचारीपन भएको बताए ।

अध्यक्ष ओलीले वर्तमान सरकार खरानीको डल्लो जस्तै भएकाले आफैँ सिद्धिने दाबी गर्नुभयो । उनले एमाले सरकार फेरबदलको खेलमा नरहेको समेत बताए ।

उनले एमाले मिसन ८४ को अभियानमा रहेको बताउँदै पीडितमैत्री स्थिति बन्ने बित्तिकै टीआरसी विधेयक संसदबाट पारित हुने बताए । त्यसका लागि सरकार तथा गठबन्धन तयार हुनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  ११ : ३९ बजे

युद्धबीच पनि इरानलाई विश्वकपमा स्वागत : ट्रम्प

एजेन्सी– मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय खेलकुदमा इरानको सहभागिताबारे प्रश्न

विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत हुने कांग्रेसको निर्णय

काठमाडौं– नेपाली कांग्रेसले राष्ट्रिय सभामा विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत

नेपालले कम समयमा लैङ्गिक समानता प्रवर्द्धनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ : मन्त्री श्रेष्ठ

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले महिला तथा

नीर शाहले सके ‘कमला मिस’को छायाङ्कन

काठमाडौं – वरिष्ठ कलाकार नीर शाहको निर्देशनमा फिल्म ‘कमला मिस’को

एक साताभित्र बालेन्द्र प्रधानमन्त्री, नागरिक करार सरकारको मूलमन्त्र : शिशिर खनाल

काठमाडौं- काठमाडौं-६ बाट विजयी भएका शिशिर खनाल २०७९ को निर्वाचनमा