वर्तमान सरकार खरानीको डल्लो : ओली « Khabarhub

वर्तमान सरकार खरानीको डल्लो : ओली


१६ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् ।

आज सुनसरीको इनरुवा जानेक्रममा विराटनगर विमानस्थलमा पत्रकारहरूसँग अध्यक्ष ओलीले सरकारले नै गठन गरेको जाँचबुझ समितिले दिएको प्रतिवेदनमा मन्त्री ज्वाला दोषी देखिँदा पनि नैतिकताको ख्याल नगर्नु लज्जास्पद भएको बताए ।

उनले एमाले सरकारमा रहँदा नैतिकता देखाएको उल्लेख गर्दै ओलीले वर्तमान सरकार जिम्मेवारीहीन भएको उल्लेख गरे । उनले बालकुमारी घटनामा मन्त्री ज्वाला दोषी हुँदा पनि बर्खास्त गर्न नसक्नु प्रधानमन्त्री पुष्पकमल दाहालको लाचारीपन भएको बताए ।

अध्यक्ष ओलीले वर्तमान सरकार खरानीको डल्लो जस्तै भएकाले आफैँ सिद्धिने दाबी गर्नुभयो । उनले एमाले सरकार फेरबदलको खेलमा नरहेको समेत बताए ।

उनले एमाले मिसन ८४ को अभियानमा रहेको बताउँदै पीडितमैत्री स्थिति बन्ने बित्तिकै टीआरसी विधेयक संसदबाट पारित हुने बताए । त्यसका लागि सरकार तथा गठबन्धन तयार हुनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  ११ : ३९ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली