फिलिपिन्समा आगलागीमा परी चार जनाको मृत्यु, आठ घाइते « Khabarhub

फिलिपिन्समा आगलागीमा परी चार जनाको मृत्यु, आठ घाइते


१६ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मध्य फिलिपिन्सको सेबु शहरमा एक दर्जनभन्दा बढी घरहरू जल्नेगरी भएको  आगलागीमा एकै परिवारका चार जनाको स्थानीय अग्निनियन्त्रकले बुधबार बताएका छन् । 

स्थानीय समय अनुसार राति २ः०० बजतिर आगलागी हुँदा उनीहरू गहिरो निन्द्रामा रहेको नगरीय दमकल कार्यालयका वेन्डेल भिलानुएभाले बताए । 

आगलागीबाट बाँचेकी उनीहरूकी छोरीले सुरक्षाकर्मीसँगको कुराकानीमा दिएको जानकारी अनुसार आगलागीमा आमाबाबु र दुई भाइहरूको मृत्यु भएको बताए। 

उनले भने, ‘बुबा, आमा र दुई भाइहरू घरको तेस्रो तलामा सुतिरहेको तथा अन्य सदस्यहरू तल्लो तलामा  सुतिरहेको अवस्थामा आगलागी भएको र माथिल्लो तलामा रहेका चार जनाको मृत्यु भएको छ । 

आगलागीमा परी परिवारका अन्य आठ जना सदस्य घाइते भएका छन् । आवासीय क्षेत्रमा द्रूत गतिमा फैलिएको आगो निभाउन अग्नि नियन्त्रकलाई तीन घण्टा लागेको थियो भने आगलागीका कारण नजिकका ३० परिवार प्रभावित भएको जनाइएको छ । 

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  ४ : ४० बजे

दीपकले ‘परान’बाट तोडे यी निर्देशकको रेकर्ड

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनी’ टिमले बनाएको फिल्म ‘लाज शरणम्’बाटै दीपक

क्रेमलिनद्वारा त्रिपक्षीय वार्ताको सम्भावना अस्वीकार

मस्को- युक्रेनमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले कूटनीतिज्ञहरू अमेरिकाको मियामी

‘एनएफपिजे’ द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित

काठमाडौं– राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)ले आफ्नो २८औँ वार्षिक

भाद्र २४ को विध्वंसमा जेन-जीको हात छैन : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भाद्र २४ गतेको