६ महिनामा बाँकेमा ६० जना कुष्ठरोगी फेला  | Khabarhub Khabarhub

६ महिनामा बाँकेमा ६० जना कुष्ठरोगी फेला 


१६ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

बाँके– बाँकेमा आइएनएफद्वारा सञ्चालित साइनिङ अस्पतालमा ६० जना कुष्ठरोगका नयाँ बिरामी फेला परेका छन् ।

संचारकर्मीसँगको अन्तरक्रियामा अस्पताल प्रमुख मंगल थारुले चालु आर्थिक वर्ष २०८०-८१ को ६ महिनामा ६० जना कुष्ठरोगका बिरामी फेला परेको बताए ।

चालु आर्थिक वर्षमा फेला परेका ६० जनामध्ये बाँकेका मात्रै २९ जना कुष्ठरोगका बिरामी छन् । बैजनाथ गाउँपालिकामा २ , डुडुवामा २, जानकीमा ४, खजुरामा ९, नरैनापुरमा ४, राप्तीसोनारीमा १, कोहलपुर नगरपालिकामा ३, नेपालगन्ज उपमहानगरपालिकामा ४ जना रहेका छन् ।

थारुका अनुसार अस्पतालले ८ हजार ६०२ जना बिरामी चेकजाँच गर्दा कुष्ठरोगीका ती बिरामी फेला परेका थिए । गत वर्षको सोही अवधिमा ५१ जना बिरामी फेला परेका थिए । गत वर्ष साउनदेखि असार महिनासम्म भने १२६ जना बिरामी फेला परेका थिए । अस्पतालले फेला परेका कुष्ठरोगीको समुदायमा गएर कन्ट्रयाक ट्रेसिङ्ग समेत गर्ने गरेको छ ।

 ८३ जनामा गरिएको कन्ट्रयाक ट्रेसिङ्गमा १३ जना पहिचान गरिएको थियो । नेपाल सरकारले २०३० मा कुष्ठरोग निवारण गर्ने लक्ष्य लिएको छ । उपचारमा आउने कुष्ठरोगीलाइ सरकारले यातायात खर्च अनुसार एक हजार रुपैयाँ उपलब्ध गराउने गरेको छ ।

यातायात खर्च पनि समयमा दिन सकेका छैनौँ । समाजमा अहिले पनि रोगीहरू लुकेर बसेको हुन सक्ने भएकाले खोजीका लागि समुदायमा अभियान चलाउन आवश्यक छ ।

 अस्पताल प्रमुख थारूले भने, ‘स्थानीय तहसँग रोग निवारण अभियानका लागि बजेट नभए पनि स्थानीय तहले सञ्चालन गर्ने कार्यक्रमका लागि भने प्राविधिक सहयोग गर्दै आएका छौँ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  ५ : ४७ बजे

किसानलाई कृषि औजार वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ

पंक्षीको मासु नखाने खेवा लिम्बूहरूको लहरो

एक ऐतिहासिक थुमको रुपमा रहेको छ, पूर्वी नेपालमा छथर थुम।

राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता

काठमाडौं– राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड (आरपिजीसिएल) र पाँचवटा जलविद्युत्

ताप्लेजुङमा पहिरोले घर पुरिँदा चारजना घाइते

ताप्लेजुङ– ताप्लेजुङको सिदिङ्वा गाउँपालिका– ३ मा मङ्गलबार राति पहिरोले घर

५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा आज फैसला सुनाइने

काठमाडौं– सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा