६ महिनामा बाँकेमा ६० जना कुष्ठरोगी फेला  « Khabarhub

६ महिनामा बाँकेमा ६० जना कुष्ठरोगी फेला 


१६ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

बाँके– बाँकेमा आइएनएफद्वारा सञ्चालित साइनिङ अस्पतालमा ६० जना कुष्ठरोगका नयाँ बिरामी फेला परेका छन् ।

संचारकर्मीसँगको अन्तरक्रियामा अस्पताल प्रमुख मंगल थारुले चालु आर्थिक वर्ष २०८०-८१ को ६ महिनामा ६० जना कुष्ठरोगका बिरामी फेला परेको बताए ।

चालु आर्थिक वर्षमा फेला परेका ६० जनामध्ये बाँकेका मात्रै २९ जना कुष्ठरोगका बिरामी छन् । बैजनाथ गाउँपालिकामा २ , डुडुवामा २, जानकीमा ४, खजुरामा ९, नरैनापुरमा ४, राप्तीसोनारीमा १, कोहलपुर नगरपालिकामा ३, नेपालगन्ज उपमहानगरपालिकामा ४ जना रहेका छन् ।

थारुका अनुसार अस्पतालले ८ हजार ६०२ जना बिरामी चेकजाँच गर्दा कुष्ठरोगीका ती बिरामी फेला परेका थिए । गत वर्षको सोही अवधिमा ५१ जना बिरामी फेला परेका थिए । गत वर्ष साउनदेखि असार महिनासम्म भने १२६ जना बिरामी फेला परेका थिए । अस्पतालले फेला परेका कुष्ठरोगीको समुदायमा गएर कन्ट्रयाक ट्रेसिङ्ग समेत गर्ने गरेको छ ।

 ८३ जनामा गरिएको कन्ट्रयाक ट्रेसिङ्गमा १३ जना पहिचान गरिएको थियो । नेपाल सरकारले २०३० मा कुष्ठरोग निवारण गर्ने लक्ष्य लिएको छ । उपचारमा आउने कुष्ठरोगीलाइ सरकारले यातायात खर्च अनुसार एक हजार रुपैयाँ उपलब्ध गराउने गरेको छ ।

यातायात खर्च पनि समयमा दिन सकेका छैनौँ । समाजमा अहिले पनि रोगीहरू लुकेर बसेको हुन सक्ने भएकाले खोजीका लागि समुदायमा अभियान चलाउन आवश्यक छ ।

 अस्पताल प्रमुख थारूले भने, ‘स्थानीय तहसँग रोग निवारण अभियानका लागि बजेट नभए पनि स्थानीय तहले सञ्चालन गर्ने कार्यक्रमका लागि भने प्राविधिक सहयोग गर्दै आएका छौँ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  ५ : ४७ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको