मिटरव्याज-लघुवित्त पीडितहरूलाई रिहाई गर्न एमालेको माग  « Khabarhub

मिटरव्याज-लघुवित्त पीडितहरूलाई रिहाई गर्न एमालेको माग 


१६ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेले संसद् भवन प्रवेश गरेर आन्दोलन गर्ने मिटरव्याज–लघुवित्त पीडितहरूलाई बिनासर्त रिहाई गर्न सरकारसँग माग गरेको छ । 

बुधबार एमाले संसदीय दलले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसंग छलफल गर्दै सरकारको सुरक्षाकमजोरीका कारण मिटरव्याज–लघुवित्त पीडितहरू संसद् भवन प्रवेश गरको भन्दै उनीहरूलाई बिनासर्त रिहाई गर्दै मुद्दा नचलाउन माग गरेको हो ।

४८ जना महिला र एक जना पुरुष आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरि मुद्दा चलाउने तयारी गरेको छ । त्यस्तै एमालेले सुरक्षा कमजोरी गर्नेलाई कारवाही गर्न माग गरेको छ भने मिटरव्याज-लघुवित्त पीडितको माग सम्बोधन गर्ने सुनिश्चितता गर्न समेत माग गरिएको एमाले सचेतक महेश बर्तौलाले जानकारी दिए । त्यस्तै बानेश्वर र सिंहदरबार वरिपरि फुटपातमा सर्वसाधारणलाई हिँड्न समेत रोक लगाएर तारबार लगाएको भन्दै यस्तो काम बन्द गर्न माग गरेको उनले बताए ।

जवाफमा गृहमन्त्रीले मिटरव्याज–लघुवित्त पीडितहरुको विनासर्त रिहाई र मुद्दा नचलाउने गरि सहजीकरण गर्ने र मिटरव्याज–लघुवित्त पीडितको माग सम्बोधन हुने गरि वार्तामा भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएको बर्तौलाले बताए । 

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  ६ : ४६ बजे

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार