दिनभर आजमा माओवादीले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने, १० प्रदेश इन्चार्ज परिवर्तन, कार्यविभाजनप्रति उपमहासचिव शर्माको असहमति, मिटरव्याज-लघुवित्त पीडितहरूलाई रिहाई गर्न एमालेको माग, व्यवसायीलाई ढुक्क भएर लगानी गर्न अर्थमन्त्रीको आग्रह, निषेधित क्षेत्र तोड्न राजेन्द्र महतो माइतीघर मण्डलामा, सिंहदरबार आसपास क्षेत्रमा हिँड्न निषेध, नेदरल्याण्डससँग नेपाल २ रनले पराजित, बाइडेन र ट्रम्प दुवै मिचिगनबाट निर्वाचित हुने पक्कालगायत रहने छन् ।
माओवादीले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने, १० प्रदेश इन्चार्ज परिवर्तन
नेकपा माओवादी केन्द्रले राष्ट्रियसभाको अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले फागुन २९ गते हुने राष्ट्रिसभा अध्यक्ष निर्वाचनका लागि उम्मेदवारी दिने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
राष्ट्रियसभा अध्यक्षमा गठबन्धनको अर्को दल नेपाली कांग्रेसले दाबी गरिरहेका बेला माओवादीले सो निर्णय गरेको हो । माओवादीले अब आउने निर्वाचनहरुमा गठबन्धन नगरी एक्लै लड्ने निर्णय समेत गरेको छ ।
कार्यविभाजनप्रति उपमहासचिव शर्माको असहमति
चित्रकलाले अन्तर्राष्ट्रिय एकतालाई प्रवर्द्धन गरेको छ: प्रधानमन्त्री
इपीजीको प्रतिवेदन बुझ्न गृहकार्य भइरहेको छ : प्रधानमन्त्री
वर्तमान सरकार खरानीको डल्लो : ओली
मिटरव्याज-लघुवित्त पीडितहरूलाई रिहाई गर्न एमालेको माग
विधायन समितिमा सम्पत्ति शुद्धीकरण विधेयकमा छलफल
राष्ट्रियसभाअन्तर्गत विधायन व्यवस्थापन समितिको आजको बैठकमा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९ माथि दफावार छलफल भएको छ ।
विधेयकको मस्यौदामा प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनले दिएका सुझाव र विधायन व्यवस्थापन समितिका सदस्यले पेस गरेका संशोधन प्रस्तावमा छलफल भएको समिति सभापति जयन्तीदेवी राईले बताए। विधेयकमाथिको दफावार छलफल समाप्त भएपछि समितिको सुझाव समेटेर राष्ट्रियसभामा पठाइनेछ ।
उपनिर्वाचन :अन्तिम मतदाता नामावली २२ चैतमा प्रकाशन गरिने
विकास निर्माणमा राजनीति नगरौँ: मन्त्री गुरुङ
व्यवसायीलाई ढुक्क भएर लगानी गर्न अर्थमन्त्रीको आग्रह
सुरक्षा चुनौती आकलन गर्न रक्षामन्त्रीको निर्देशन
निषेधित क्षेत्र तोड्न राजेन्द्र महतो माइतीघर मण्डलामा
लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका परित्याग गरेर ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा गरेका राजेन्द्र महतोसहित निषेधित क्षेत्र तोड्न भन्दै माइतीघर मण्डला पुगेका छन् ।
सोमबार लोसपा त्यागेका महतो बुधबार अपरान्ह माइतीघर मण्डलामा ब्यानरसहित पुगेका हुन् ।
महतोसहित पुगेका व्यक्तिहरूले बोकेको ब्यानरमा ‘माइतीघर मण्डलाको निषेधित क्षेत्र तोडौँ’ उल्लेख गरिएको छ ।
सिंहदरबार आसपास क्षेत्रमा हिँड्न निषेध
६ महिनामा विद्युत् प्राधिकरणको नाफा १५ अर्ब ३६ करोड
टीआरसी विधेयक टुंगोमा नपुर्याए कडा आन्दोलन गर्ने डा. केसीको चेतावनी
फिदिम नगरका सबै माविमा सिसी क्यामेरा जडान
नेदरल्याण्डससँग नेपाल २ रनले पराजित
नेदरल्याण्डसले नेपाललाई २ रनले पराजित गरेको छ । नेदरल्याण्डसले जितका लागि दिएको १८५ रनको लक्ष्य पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८२ रन बनाएपछि खेल २ रनले हारेको थियो ।
नेपालका लागि कप्तान रोहित पौडेल र दिपेन्द्र सिंह ऐरीले अर्धशतक बनाएका थिए । कप्तान रोहितले ३६ बलमा ५० रन बनाएर आउट भएका थिए भने २८ बलमा अर्धशतक पुरा गरेका दिपेन्द्रले ६३ रन बनाएर आउट भएका थिए । त्यसैगरी आसिफ सेखले ३४ रन बनाए भने कुशल मल्लले ११ र करण केसीले ११ रन बनाएका थिए ।
नेदरल्याण्डसले दियो नेपाललाई १८५ रनको लक्ष्य
त्रिदेशीय टी–२० सिरिजमा नेदरल्याण्ड्सविरुद्ध नेपाल फिल्डिङमा
सावित्रा भण्डारीले वाफ च्याम्पियनसिपको फाइनल गुमाउने
बाइडेन र ट्रम्प दुवै मिचिगनबाट निर्वाचित हुने पक्का
अमेरिकी राष्ट्रपति जो बाइडेन र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प दुवै नेताले अमेरिकी राष्ट्रपतिका लागि अर्थपूर्ण मानिएको राज्य मिचिगनमा डेमोक्र्याटिक र रिपब्लिकन पार्टीको प्राइमरी मतदानमा जित हासिल गर्ने अनुमान गरिएको छ ।
एनबीसी न्यूज, द एसोसिएटेड प्रेस, द वासिङ्टन पोस्ट, द वाल स्ट्रिट जर्नल, एबीसी न्यूज लगायत सञ्चारमाध्यमले उत्तरी राज्यमा स्थानीय समयअनुसार राति ८ः०० बजे मतदान सम्पन्न भएको केही मिनेटपछि उक्त प्रक्षेपण गरेका हुन् ।
राष्ट्रपति बाइडेनले मिनेसोटाका सांसद डीन फिलिप्सलाई सहजै पराजित गर्नुभएको छ । मिचिगनमा युवा साथै मुस्लिम र अरब अमेरिकी मतदातालगायत विभिन्न अधिकारकर्मीहरूले इजरायल–प्यालेस्टाइन द्वन्द्वलाई बाइडेन प्रशासनले गरेको व्यवहारको विरोधमा ‘अप्रतिबद्ध’ रूपमा मतदान गर्ने अभियानको संयोजन गरेका थिए ।
निसानले जापानमा सेल्फ ड्राइभिङ ट्याक्सी सेवा सञ्चालन गर्ने
साउदीमा एकैदिन ७ जनालाई दिइयो मृत्युदण्ड
फिलिपिन्समा आगलागीमा परी चार जनाको मृत्यु, आठ घाइते
प्रतिक्रिया