बेरोजगार युवायुवतीका लागि ‘जब फेयर’ « Khabarhub

बेरोजगार युवायुवतीका लागि ‘जब फेयर’


१६ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

गण्डकी । वडामा रहेका बेरोजगार युवायुवतीलाई लक्षित गरी कास्कीको पोखरा महानगरपालिका–१३ ले यही फागुन १८ गते ‘जब फेयर’ गर्ने भएको छ । लायन्स र लियो क्लब पोखराको सहकार्यमा वडामा रहेका कोही पनि युवायुवती बेरोजगार बस्नु नपरोस् भन्ने उद्देश्यका साथ जब फेयर गर्न लागिएको हो ।

वडाध्यक्ष किरण बरालले बेरोजगारी अहिलेको सबैभन्दा ठूलो समस्या रहेको उल्लेख गर्दै वडामा भएका बेरोजगार युवायुवतीलाई रोजगारी उपलब्ध गराउने सोचका साथ कार्यक्रम अघि सारिएको बताए।

उनका अनुसार जब फेयरमा विभिन्न १२ कक्षबाट रोजगारी सिर्जना गर्ने गरी प्रशिक्षण गराइनेछ । वडाका नागरिकको आयस्तर सुधार्न पनि जब फेयर कार्यक्रम सहयोग बन्ने विश्वास व्यक्त गर्दै उहाँले भौतिक विकाससँगै आर्थिक विकासमा समेत सुधार ल्याउने कार्यक्रमको उद्देश्य रहेको बताए ।

उत्पादनदेखि प्रविधिमैत्री विषयमा जब फेयरमा जानकारी लिन पाइने छ । वडाका तर्फबाट यसअघि पनि फरक ढङ्गका कार्यक्रम गर्दै आएको वडाध्यक्ष बरालले बताए ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  १० : ३३ बजे

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४

तस्बिरमा हेर्नुहोस् एनपीएल उद्घाटन खेलको रौनक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु भएसँगै