समयमै उपचार नगर्दा पिनासको असर आँखादेखि दिमागसम्म | Khabarhub Khabarhub

समयमै उपचार नगर्दा पिनासको असर आँखादेखि दिमागसम्म


१५ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पिनास नाकसँग सम्बन्धित रोग हो। नाकमा हुने साना प्वाल अर्थात् साइनसको भित्री मार्गमा रोकावट आउनु, हावाको राम्रोसँग आवतजावत हुन नपाउनु र साइनस भित्रका फोहोर बाहिर आउन नसकेको अवस्थालाई पिनास भएको मानिन्छ। यसको समयमै उपचार गरिएन भने दिमाग र आँखा सम्बन्धी जटिल किसिमका समस्या निम्तिने जोखिम हुने चिकित्सक बताउँछन्। पिनास कस्तो रोग हो ? यसका लक्षण कस्ता देखिन्छन् ? यसबाट बच्न के गर्ने ? यसको उपचार विधि के छ ? भन्ने विषयमा नाक, कान, घाँटी तथा क्यान्सर रोग विशेषज्ञ डा. तुलिका दुवेसँग गरिएको कुराकानी :

पिनास कस्तो रोग हो ?
नाकसँग जोडिएको हड्डी भित्र खोपिल्टो हुन्छ। यसलाई चिकित्सा विज्ञानमा साइनस भनिन्छ। रुघा बिग्रेर साइनसभित्र संक्रमण हुन पुग्ने अवस्थालाई पिनास भनिन्छ। बाहिरी वातवरणसँग नाकको सम्बन्ध सिधा र धेरै हुन्छ। मौसम परिवर्तन हुने बेला र चिसो वातवरणमा कीटाणु बढी सक्रिय हुन्छन्। जसका कारण रुघाखोकी लागिरहने हुन्छ।

पिनास भएका व्यक्तिको नाकको छेउछाउमा दुख्ने, टाउको दुख्ने, अनुहारका भाग दुख्ने, नाक बन्द हुने, खोकी लागिरहने, नाकले कुनै बास्ना थाहा नपाउने, आँखाको अगाडि र तलको भाग दुख्ने, बिहानको समयमा टाउको बढी दुख्ने, सास फेर्न नमिल्ने, नाकबाट रगत बग्ने जस्ता लक्षण देखिन्छन्।

यसका लक्षण कस्ता देखिन्छन् ?
पिनास भएका व्यक्तिको नाकको छेउछाउमा दुख्ने, टाउको दुख्ने, अनुहारका भाग दुख्ने, नाक बन्द हुने, नाकबाट बाक्लो सिंगान बग्ने, खकार आउने, खोकी लागिरहने, नाकले कुनै बास्ना थाहा नपाउने, आँखाको अगाडि र तलको भाग दुख्ने, बिहानको समयमा टाउको बढी दुख्ने, नाकबाट सास फेर्न नमिल्ने, नाकबाट रगत बग्ने जस्ता लक्षण देखिन्छन्।

समयमै उपचार गरिएन भने के कस्ता जटिलता निम्तिने सम्भावना हुन्छ ?
पिनासलाई हामीले सामान्य रुपमा लिइरहेका हुन्छौं। यसलाई घरेलु उपायले निको पार्ने प्रयास गरिरहेका हुन्छौं। सामान्य एलर्जीले हुने पिनास निको हुन्छ तर इन्फेक्शनले हुने पिनासले विभिन्न जटिलता निम्त्याउने सम्भावना हुन्छ। जस्तै नाकमा मासु पलाउने, दिमागमा असर पुर्याएर मेनेन्जाइटिस हुने खतरा हुन्छ। यसको असर र इन्फेक्सन आँखासम्म फैलिएर ज्योति समेत गुम्नसक्ने जोखिम हुन्छ।

अहिले मौसम परीवर्तनसँगै रुघाखोकी पनि फैलिरहेको छ। पिनासका बिरामी कत्तिको आउने गरेका छन् ?
अहिले मौसम परिवर्तनसँगै फूल फुल्ने समय हो। यो मौसममा एलर्जीको समस्या पनि धेरै हुन्छ। जसका कारण पिनासका बिरामी धेरै नै आउने गरेका छन्।

पिनासका कारण नाकको क्यान्सर पनि हुने हो ?
पिनासले नाकको क्यान्सर हुने होइन। तर कहिलेकाहीँ नाकमा क्यान्सर छ भने पिनासकै जस्तो लक्षण देखिनसक्छ। त्यसैले लामो समयदेखि पिनासको लक्षण देखिरहेको छ भने सम्बन्धित चिकित्सकलाई देखाउनु राम्रो मानिन्छ।

छोटो समयको पिनास हो भने त्यो औषधीले नै निको पार्न सकिन्छ। तर लामो समयको पिनास हो भने अप्रेशन गर्नुपर्ने हुन्छ।

पिनास भइसकेपछि कस्तो अवस्थामा बिरामी अस्पताल आउँदा उपचार सहज हुन्छ ? अहिले आउने बिरामी कुन अवस्थामा आउँछन् ?
यदि १२ हप्ता भन्दा कम समयको पिनासलाई छोटो समयको पिनास भनिन्छ। १२ हप्ताभन्दा लम्बिएको पिनास छ भने त्यसलाई लामो पिनास मानिन्छ। त्यसैले उपचार पनि त्यही किसिमले गरिन्छ। छोटो समयको पिनास हो भने त्यो औषधीले नै निको पार्न सकिन्छ। तर लामो समयको पिनास हो भने अप्रेशन गर्नुपर्ने हुन्छ। अहिले उपचारका लागि आउने धेरै बिरामी लामो समयको पिनासका आउने गरेका छन्। किनभने धेरै बिरामीले सुरुवाती अवस्थामा फार्मेसीबाट आफै औषधी किनेर खाने हुँदा अवस्था .जटिल भइसकेपछि मात्रै उपचारमा आउने गर्दछन्।

पिनासको समस्याबाट कुन उमेर समूह बढी प्रभावित छ ?
यो मध्यम वर्ग र उमेर पुगिसकेका व्यक्तिमा बढी देखिने गरेको छ। बच्चामा प्राय हुँदैन। उनीहरुलाई लाग्ने रुघाखोकी फरक खालको हुन्छ। नाकसँग जोडिएको हड्डी भित्रको हावा छिर्ने प्वाल बच्चामा त्यति राम्रो बनिसकेको हुँदैन। त्यसैले सामान्य खालको पिनास भए पनि जटिल खालको पिनास हुने सम्भावना एकदमै कम हुन्छ।

यसबाट बच्न के गर्ने ?
यो लामो समयको रुघाखोकीका कारण लाग्ने रोग हो। त्यसैले सुरुवाती चरणमै चिसो, धुवाँधुलोबाट बच्ने, दही केरा अमिलो पदार्थहरु नखाने, बाफ लिने, लगायतका कुराहरु गर्यौं भने यसबाट बच्न सकिन्छ।

नाक कान र घाँटी एक आपसमा जोडिएका अंग हुन्। पिनासले नाक बाहेक कुनकुन अंगमा असर गर्छ ?
यी अंगहरु एउटै नलीले जोडिएका छन्। नाकमा समस्या हुँदा कानमा पानी जम्ने, जालीमा प्वाल पर्ने, कानको श्रवण शक्ति कम हुने, कान बन्द हुने जस्ता समस्या देखिन्छन् भने घाँटीमा पनि नाकमा जति पनि फोहोर कुरा जमिरहेको हुन्छ। त्यो सबै घाँटीमा जाने र जसका कारण इन्फेक्सन हुने, घाँटी खसखस हुने जस्ता समस्या देखिन्छन्।

पिनास भएमा चिसोबाट जोगिने, प्रशस्त मात्रामा झोल पदार्थ पिउने, तातो दूध र बेसार मिसाएर पिउने, तातोपानीको बाफ लिने,  वातावरण सफा राख्ने र खराब वायुबाट बच्ने, घरमा हावा गुम्सिन नदिने, रुघाखोकी लागेका व्यक्तिबाट पनि टाढा रहने गर्नुपर्छ।

पिनासले दमका रोगीलाई कत्तिको असर गर्छ ?
रुघाखोकी, दम, पिनास यी सबै एकै किसिमका एलर्जीबाट हुने भएकाले रुघाखोकी तथा पिनासको समयमै उपचार गरिएन भने पछि गएर दम पनि हुनसक्ने सम्भावना हुन्छ। त्यसैले पिनास र दम एकअर्कासँग अन्र्तर सम्बन्धित छन्।

यसको उपचार के छ ?
कुनै पनि रोगको उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उत्तम मानिन्छ। तर, रोग लागिसकेपछि उपचार गर्नुपर्ने हुन्छ। पिनास भएमा चिसोबाट जोगिने, प्रशस्त मात्रामा झोल पदार्थ पिउने, तातो दूध र बेसार मिसाएर पिउने, तातोपानीको बाफ लिने, आफू वरिपरिको वातावरण सफा राख्ने, धुवाँधुलो धुमपान र खराब वायुबाट बच्ने, घरमा हावा गुम्सिन नदिने, रुघाखोकी लागेका व्यक्तिबाट पनि टाढा रहने गर्नुपर्छ। नाकको सफाइमा विशेष ध्यान दिने गर्नुपर्छ। यी सबै उपाय अपनाउँदा पनि पिनास ठिक नभएमा विशेषज्ञ चिकित्सकको परामर्शअनुसार उपचार गर्नुपर्ने हुन्छ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार  ७ : १५ बजे

युक्रेनलाई शक्तिशाली प्याट्रियट इन्टरसेप्टर दिने अमेरिकाको घोषणा

काठमाडौं– अमेरिकाले युक्रेनलाई सबैभन्दा ठूलो सैन्य सहयोग दिने घोषणा गरेको

इलाममा कसले जित्ला ? ‘एक्जिट पोल’ नै रद्द !

काठमाडौं- अन्तरराष्ट्रिय अभ्यास अनुसार चुनावको सर्वेक्षण दुई किसिमबाट हुन्छ ।

बागलुङ कालिकामा ४० लाख भेटी संकलन

बागलुङ– गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठका रुपमा रहेको बागलुङ कालिका मन्दिरमा

‘ओलीले हामीलाई हेप्ने काममात्रै गर्छन्‌’ : नेपाल

मकवानपुर : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)का

बन्दीपुरमा ‘मुख्यमन्त्री नवप्रवर्तन’ कार्यक्रम

तनहुँ–  बन्दीपुर गाउँपालिकामा  ‘मुख्यमन्त्री नवप्रवर्तन’ कार्यक्रम सुरु गरिएको छ ।