अन्न उत्पादन घटेपछि म्याग्दीका किसान फलफूलखेतीमा « Khabarhub

अन्न उत्पादन घटेपछि म्याग्दीका किसान फलफूलखेतीमा


१५ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– अन्नबाली लगाउँदा लगानीअनुसार प्रतिफल प्राप्त नभएपछि म्याग्दीका किसानले व्यावसायिक फलफूलखेती सुरु गरेका छन् । साथै उनीहरूले सागसब्जी पनि उमार्न थालेका छन् ।

बेनी नगरपालिका–२ का किसान क्षेत्रबहादुर कटुवालले परम्परागत रुपमा गर्दै आएको स्थानीय जातको धान र गहुँखेतीबाट अपेक्षित उत्पादन नभएपछि सागसब्जी र फलफूलखेती प्रारम्भ गरेका छन् ।

त्यसैगरी सोही वडाका खिमबहादुर कार्की र दुर्गाबहादुर थापाले धान फल्ने खेतमा केराखेती गरेर परम्परागत खेतीबाट हुने आयभन्दा तीनगुणा बढी आम्दानी लिन सफल भएका छन् ।

रोहोटेका हरिलाल घिमिरेले अन्नबालीको विकल्पमा मौसमी तथा बेमौसमी सागसब्जी फलाएर मनग्ये आम्दानी गरेको बताए । उनका अनुसार खेतबारीमा गौरिया, गुडुरा, आँगा, जौ धानलगायत रैथाने धानको उत्पादन कम भएपछि अन्नबालीको साटो फलफूलखेती थालिएको हो ।

उनले भने, ‘आजकल रैथाने बाली लगाउन मन लाग्दैन । खाना स्वादिष्ट र पोषणयुक्त भए पनि लागतअनुसार उत्पादन नहुँदा गुजारा चलाउन धौधौ भएपछि वैकल्पिक खेती सुरु गरेको हुँ । मुश्किलले १२ हजारको अन्न उत्पादन हुने खेतबारीमा सागसब्जी र फलफूलखेती गरेपछि अहिले वार्षिक तीन लाखदेखि पाँच लाखसम्म आम्दानी हुने गरेको छ ।’

जिल्लाका किसानले अन्नबाली लगाउन छाडेपछि केही अन्नको बीउ पाउन कठिन भएको छ । मङ्गला गाउँपालिका–५ का किसान मनप्रसाद सापकोटाले गाउँमा गौरिया र गुडुरा धानको बीउ नपाइएको बताए । गौरिया धानमा लगातार तीन वर्षसम्म रोग लागेर उत्पादन कम भएपछि खेती गर्न छाडिएको हो ।

हिमाली क्षेत्रमा फल्ने चिनो, कागुनो, उवा, फापर, आँगा, गौरिया, गुडुरा, ताकमारे, जौ, धान, कोदो, सिमी, जुनेलो, सिलाम र जौलगायत रैथाने बाली सङ्कटमा पर्न थालेका कृषि ज्ञानकेन्द्र म्याग्दीले जनाएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार  ११ : २९ बजे

एमाले महासचिवमा हुन सक्छ प्रदीप र योगेशबीच प्रतिस्पर्धा, पार्टी संरचना फेरिँदा नेता व्यवस्थापनमा चुनौती

काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनमा आफ्नो पद सुरक्षित राख्न नेताहरूलाई

लुम्बिनीका कप्तान रोहित पनि सस्तैमा आउट, काठमाडौँले लियो चार विकेट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको

‘जिहादी आक्रमणका कारण उत्तरी नाइजेरियामा उच्च भोकमरी’

एजेन्सी– उत्तरी नाइजेरियामा जिहादी आक्रमणका कारण उत्पन्न अस्थिरताको कारण भोकमरी

लुम्बिनीले गुमायो तेस्रो विकेट 

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको खेलमा

लुम्बिनीका दुवै ओपनरलाई काठमाडौंका मिलिन्दाले गराए आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको