गोलरक्षक एञ्जिलाको सङ्घर्षमा आधारित फिल्म ‘अञ्जिला’ माघमा प्रदर्शनमा आउने  « Khabarhub

गोलरक्षक एञ्जिलाको सङ्घर्षमा आधारित फिल्म ‘अञ्जिला’ माघमा प्रदर्शनमा आउने 


१५ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महिला राष्ट्रिय टिमकी गोलरक्षक एञ्जिला तुम्बावो सुब्बाको जीवनबाट प्रभावित रहेको चलचित्र ‘अञ्जिला’ आगामी माघ ११ गते प्रदर्शनमा आउने भएको छ ।

सबै पक्षको अनुकूलतालाई मध्यनजर गरी माघमा चलचित्रमा प्रदर्शनमा ल्याउने निर्णय गरेको निर्माण पक्षले जनाएको छ । चलचित्रमा एञ्जिला स्वयंको अभिनय रहेको छ । उनीसँगै दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराललगायतको अभिनय रहने बताइएको छ ।

त्यस्तै, चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठको पनि मुख्य भूमिकामा देखिने भएका छन् । एञ्जिलाको खेलाडी बन्ने सङ्घर्षमा प्रेमकुमारको पनि योगदान रहेको बताइएको छ । निर्देशक मिलन चाम्स भन्छन्, ‘प्रेमले वास्तविक जीवनकै भूमिका फिल्ममा निर्वाह गर्नेछन् ।’

एञ्जिलाको जन्मथलो इलामसहित झापा र काठमाडौं चलचित्रको छायांकन भएको हो । एञ्जिलाको खेलाडी बन्नको सङ्घर्षमा आधारित कथा भए पनि उनको ‘बायोपिक’ भने नभएको निर्माण पक्षको भनाइ छ ।

मुन लभ इन्टरटेनमेन्टको ब्यानरमा बन्ने यो फिल्मका सह निर्माता विनोद अग्रवाल र राजेश बगडिया हुन् ।

याे पनि…

चलचित्र ‘अञ्जिला’को फस्ट लुक पोस्टर सार्वजनिक 

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार  १२ : ३१ बजे

साढे तीन घण्टा बित्दा पनि सुरू भएन कांग्रेस संस्थापनको बैठक

काठमाडौं : बुधबार बिहान ८ बजेका लागि नेपाली कांग्रेस संस्थापन

लगातार नयाँ रेकर्ड राख्दै सुनचाँदी, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं- स्थानीय बजारमा सुनको मूल्यले आज पनि रेकर्ड कायम गरेको

माघीको मुखमा सखर बनाउने चटारो (तस्बिरहरू)

सर्लाही– माघे सङ्क्रान्ति नजिकिएसँगै सर्लाहीका उखु किसानहरूलाई यतिबेला सखर (गुड)

जनकपुरधाममा मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु

जनकपुरधाम– मधेश प्रदेश, गृह मन्त्रालय र सञ्चार तथा कानुन मन्त्रालयद्वारा

मध्यमार्गी ‘मोडल’मा पनि सभापति देउवा सकारात्मक नभएको कांग्रेस महामन्त्रीद्वयको दाबी

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले सभापति