इलाम उपनिर्वाचन : रास्वपाका ६ जना उम्मेदवारहरुमा प्राइमरी इलेक्सन हुने  « Khabarhub

इलाम उपनिर्वाचन : रास्वपाका ६ जना उम्मेदवारहरुमा प्राइमरी इलेक्सन हुने 


१५ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम २ को उपनिर्वाचनका लागि ६ जनाको नाम सार्वजनिक गरेको छ । 

रास्वपाले बुधबार साँझ ६ जनाको नाम सार्वजनिक गरेको हो । रास्वपा सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार १४ गतेसम्ममा रास्वपाले उम्मेदवार बन्न आकाङ्क्षीको नाम सार्वजनिक गर्न भनेको थियो । 

अब यी नामहरूमा पनि पार्टीमा प्राइमरी इलेक्सन हुने बताइएको छ । रास्वपाको केन्द्रीय निर्वाचन आयोगका सचिव भूमिनन्द बरालले प्राइमरी इलेक्सनका लागि उम्मेदवारको सूची सार्वजनिक गरेको बताए । 

बरालका अनुसार गोकुल बहादुर राई, जमुना शर्मा, महेन्द्र कुमार थापा, मान बहादुर घिमिरे ,मिलन लिम्बु र  शेष रमण न्यौपाने श्रेष्ठ रहेका छन् ।

उक्त इलेक्सनबाट छानिनेमध्ये एकजनालाई रास्वपाले इलाम २ को टिकट दिने छ।  आजसम्म रास्वपाले प्रारम्भिक उम्मेदवारमाथि दाबी विरोध गर्ने समय दिएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार  १२ : ४१ बजे

ग्लोबल आइएमई बैंकले स्थापना गर्‍यो ‘नन् रेसिडेन्ट र ओभरसिज बैङ्किङ विभाग’

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले विदेशमा बसोबास गरिरहेका नेपालीहरूका लागि

इनिसाको न्यायका लागि बोले कलाकार

काठमाडौं – सुर्खेतमा सामूहिक बलात्कारपछि हत्या भएकी इनिसा विकको न्यायका

साउथ भाइव दिने ‘राम नाम सत्य’को टिजर, पश्चिमेली अवतारमा विराज

काठमाडौं – नायक विराज भट्ट स्टारर फिल्म ‘राम नाम सत्य’को

होर्मुज जलक्षेत्रमा जर्मन जहाजलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार

काठमाडौं- होर्मुज जलडमरूमध्य नजिकै एउटा जर्मन मालवाहक जहाजलाई लक्षित गरी

हेज्बोल्लाहको आक्रमण नरोकिए लेबनानी भूभाग कब्जा गर्ने इजरायलको धम्की

काठमाडौं- इजरायली रक्षामन्त्री इजरायल कट्जले आफ्नो मुलुकमा हेज्बोल्लाहको आक्रमण नरोकिए