राजनीति

इलाम उपनिर्वाचन : रास्वपाका ६ जना उम्मेदवारहरुमा प्राइमरी इलेक्सन हुने 

By खबरहब

March 28, 2024

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम २ को उपनिर्वाचनका लागि ६ जनाको नाम सार्वजनिक गरेको छ । 

रास्वपाले बुधबार साँझ ६ जनाको नाम सार्वजनिक गरेको हो । रास्वपा सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार १४ गतेसम्ममा रास्वपाले उम्मेदवार बन्न आकाङ्क्षीको नाम सार्वजनिक गर्न भनेको थियो । 

अब यी नामहरूमा पनि पार्टीमा प्राइमरी इलेक्सन हुने बताइएको छ । रास्वपाको केन्द्रीय निर्वाचन आयोगका सचिव भूमिनन्द बरालले प्राइमरी इलेक्सनका लागि उम्मेदवारको सूची सार्वजनिक गरेको बताए । 

बरालका अनुसार गोकुल बहादुर राई, जमुना शर्मा, महेन्द्र कुमार थापा, मान बहादुर घिमिरे ,मिलन लिम्बु र  शेष रमण न्यौपाने श्रेष्ठ रहेका छन् ।

उक्त इलेक्सनबाट छानिनेमध्ये एकजनालाई रास्वपाले इलाम २ को टिकट दिने छ।  आजसम्म रास्वपाले प्रारम्भिक उम्मेदवारमाथि दाबी विरोध गर्ने समय दिएको छ ।