हात्तीको आक्रमणबाट एक महिलाको  मृत्यु « Khabarhub

हात्तीको आक्रमणबाट एक महिलाको  मृत्यु


१५ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


762
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको शिवसताक्षी नगरपालिकामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । आक्रमणबाट उनका श्रीमान घाइते भएका छन् । 

शिवसताक्षी–११ स्थित रतुवामाई वृक्षरोपण आयोजनाको वन क्षेत्रमा जंगली हात्तीको आक्रमणबाट स्थानीय ६० वर्षीया पवित्रा भेटुवालको  घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए । उनी बुधबार साँझ वनमा घाँस दाउरा लिन गएकी थिइन् । 

घटनास्थलबाट सात किलोमिटर दक्षिणमा रहेको झिलझिले इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले घटनास्थलबाट पवित्राका श्रीमान ६२ वर्षीय दिलीप भेटुवाललाई उद्धार गरी उपचारका लागि बिर्तामोडस्थित पूर्णटुंग विर्तासिटी अस्पताल पुर्‍याएको प्रहरी निरीक्षक गिरीले बताए । घाइतेको मुख, हात र शरीरका विभिन्न भागमा चोट लागेको छ ।

यस वर्ष साउनदेखि हालसम्म जिल्लामा हात्तीको आक्रमणमा परी पाँच जनाको ज्यान गएको छ । जंगली हात्तीले बुधबार अर्जुनधारा नगरपालिका–९ बाह्रघरेका नन्दप्रसाद पौडेल र दुर्गा बस्नेतको घर भत्काएको छ । हात्तीले गोठमा रहेको धानसमेत खाएको छ । हात्तीले यसअघि मंगलबार कमल गाउँपालिका–५ सिम्लेका आइतराज लिम्बूको खेतको मकै खाएको थियो ।

हात्तीले आइतबार मेचीनगर नगरपालिका–३ दोकानडाँडाका टङ्कप्रसाद पौडेल, छुनु दनुवार र धनसिंह तामाङको घरसमेत भत्काएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार  १ : ०७ बजे

प्रचण्डको दाबी : एमाले जनताबाट तिरस्कृत भइस्यो, तालमेल नगरी हामी पहिलो दल बन्छौँ

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१

काभ्रेमा विपत्तिबाट प्रभावित १५१ किसानलाई राहत सिफारिस

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोक जिल्लामा प्राकृतिक विपत्तिका कारण करिब एक हजार दुई

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच निर्वाचनकेन्द्रित वार्ता

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा

तीन महिनामा एक लाख अफगानी स्वदेश फिर्ता

एजेन्सी – विगत तीन महिनामा इरान, टर्की र पाकिस्तानबाट ९४

प्रदेश सहकारी तेस्रो संशोधन नियमावली स्वीकृत

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले प्रदेश सहकारी तेस्रो संशोधन नियमावली, २०८२