भारतीय अर्थमन्त्री सीतारमण भन्छिन्- चुनाव लड्ने पैसा छैन | Khabarhub Khabarhub

भारतीय अर्थमन्त्री सीतारमण भन्छिन्- चुनाव लड्ने पैसा छैन


१५ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले लोकसभा चुनावमा भाग नलिने निर्णय गरेको बताइन् । निर्मला सीतारमणले आफूसँग चुनाव लड्न पैसाको अभाव भएको र आन्ध्र प्रदेश र तमिलनाडु जस्ता दक्षिणी राज्यहरूमा विजयको मापदण्ड पूरा गर्न नसक्ने बताइन् ।

निर्मला सीतारमणले आन्ध्र प्रदेश वा तमिलनाडुबाट चुनाव लड्ने अनुमान गरिएको थियो । हाल उनी राज्यसभा सांसद छन् र उनको २०२८ सम्म कार्यकाल रहेको छ । निर्मला सीतारमण नरेन्द्र मोदीको दुवै कार्यकालमा मन्त्री भइन् र दुवै पटक राज्यसभा हुँदै संसद्‌मा पुगेकी थिइन् ।

यसपटक भाजपाले राज्यसभा हुँदै संसद्‌मा पुगेका आफ्ना मन्त्रीहरूसँग लोकसभा चुनाव लडाइरहेको छ । चुनाव लड्ने विषयमा सीतारमणले भनेकी थिइन्, ‘मसँग चुनाव लड्ने पैसा छैन । मलाई अर्को समस्या छ । म आन्ध्र प्रदेश वा तमिलनाडुमा चुनाव जित्ने मापदण्ड पूरा गर्दिन । विशेष समुदाय, विशेष धर्मको समीकरण पनि छ । यस्तो अवस्थामा, मैले यी मापदण्डहरूमा फिट नहुने हुनाले लडदिनँ भनेँ । मेरो तर्कलाई पार्टीले स्वीकार गरेकोमा म आभारी छु ।’

निर्मला सीतारमणसँग दुई महत्त्वपूर्ण मन्त्रालयहरू छन् – वित्त र कर्पोरेट मामिला । निर्मला सीतारमण देशको पहिलो पूर्णकालिक महिला अर्थमन्त्री हुन् ।

यसअघि इन्दिरा गान्धी प्रधानमन्त्री हुँदा केही समय अर्थ मन्त्रालय पनि थियो । मोदीको पहिलो कार्यकालमा निर्मला सीतारमण रक्षामन्त्री थिइन् । सक्रिय राजनीतिमा आउनुअघि निर्मला सीतारमण जेएनयूमा पढेर कर्पोरेट क्षेत्रमा काम गरिरहेकी थिइन् । त्यसपछि उनी श्रीमानसँग लण्डन पुगिन् र त्यहाँ बीबीसीमा आबद्ध भइन् । निर्मला सीतारमण सन् १९९० को दशकमा भारत फर्किएर अध्यापनको क्षेत्रमा लागिन् । पछि उनले हैदरावादमा प्रणव स्कुल स्थापना गरिन् ।

निर्मला सीतारमण सन् २००८ मा भाजपामा प्रवेश गरेकी थिइन्, जब उनलाई राष्ट्रिय कार्यकारिणीमा बोलाइयो र उनले भाषण दिएकी थिइन् । उनको भाषणको विषय सुरक्षा र आर्थिक विषयमा थियो । त्यसपछि वरिष्ठ नेताहरूको ध्यान उनीतिर गएको थियो ।

निर्मला सीतारमण अटल बिहारी वाजपेयीको सरकारमा राष्ट्रिय महिला आयोगमा मनोनीत भएकी थिइन् । सन् २००९ मा उनलाई भाजपाको राष्ट्रिय प्रवक्ता बनाइएको थियो । निर्मला सीतारमणलाई २०१४ मा बीजेपीले राज्यसभा सांसद बनाएको थियो ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार  २ : ३१ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग