शिक्षाले मात्रै गाउँको परिवर्तन हुन्छ : मन्त्री राई | Khabarhub Khabarhub

शिक्षाले मात्रै गाउँको परिवर्तन हुन्छ : मन्त्री राई


१५ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

धनकुटाखानेपानीमन्त्री राजेन्द्रकुमार राईले शिक्षाको विकासले मात्रै गाउँको परिवर्तन हुने बताएका छन् । 

सहिदभूमि गाउँपालिका–४ स्थित कन्यदेवी माध्यमिक विद्यालयको भवन उद्घाटन गर्दै उनले व्यावसायिक शिक्षाका लागि विद्यालयको पूर्वाधार निर्माण आवश्यक रहेको बताए। उनले शिक्षालाई आर्थिक विकासको गतिविधिसँग जोड्न गुणस्तरीय र व्यावसायिक शिक्षा आवश्यक पर्ने भएकाले सरकारको प्राथमिकतामा रहको बताए ।

कोशी प्रदेशसभा सदस्य इन्द्रमणि पराजुलीले शैक्षिक गुणस्तर सुधारका लागि भौतिक पूर्वाधार महत्त्वपूर्ण हुने बताए। उनले ग्रामीण क्षेत्रको विकास शैक्षिक सुधारबाट मात्र सम्भव रहेकामा जोड दिए।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ६७ लाखको लागतमा उक्त भवन निर्माण भएको गाउँपालिकाका अध्यक्ष मनोज राईले बताए । यस विद्यालयमा दुई सय ६८ विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार  ४ : २५ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’