विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार « Khabarhub

विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार


१५ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  विशेष गरी महिलाहरू एक अर्कामा सामानहरू साटासाट गरेर चलाउने गर्छन् । कपडा समेत पनि उनीहरू साटफेर गरेर लगाउने गर्छन् । तर केही त्यस्ता कुरा छन् जुन विवाहित महिलाले अरु महिलासँग साट्नु हुँदैन वा दिन हुँदैन । यदि ती सामग्री अरु महिलालाई दिइयो भने त्यसको असर पारिवारिक जीवनमा पर्ने विश्वास गरिन्छ ।

आज हामी ती के हुन् त जो विवाहित महिलाले अरु महिलालाई दिन नहुने ५  शृङ्गार त्यसैका बारेमा चर्चा गर्ने छौँ ।

-सिउँदाेकाे सिन्दूर 
वैवाहिक जीवनको प्रतीकको रूपमा सिन्दूरको आफ्नै विशेष स्थान छ । यदि तपाईँ सिन्दूर लगाउनको लागि अन्य महिलाहरूलाई सिन्दूरको बक्स दिनुहुन्छ भने, यो बानी परिवर्तन गर्नुहोस् ।  किनकि यदि तपाईँले आफ्नो प्रयोग गरेको सिन्दूर अन्य विवाहित महिलालाई दिनुभयो भने, तपाईँको सौभाग्य खतरामा पर्न सक्छ ।

– निधारको बिन्दी
विवाह चिन्हमा बिन्दीको पनि महत्त्वपूर्ण स्थान छ । यदि कुनै आफन्तलाई बिन्दी चाहिन्छ भने नयाँ बिन्दी दिनुहोस् । आफ्नो निधारमा बिन्दी हटाउनुको अर्थ आफ्नो पतिको माया बाँड्दै हुनुहुन्छ। त्यसैले गल्तीले पनि यो काम नगर्नुहोस् ।

– विवाहका कपडा
महिलाहरू विशेष गरी आफ्ना विवाहका कपडाहरू आफ्नो विवाह पछि दिदी बहिनी आमा वा साथीलाई दिने गर्छन् । किनकि त्यो उनीहरू दोस्रो पटक लगाउँदैनन् । तर शास्त्रका अनुसार दोस्री महिलालाई विवाहका कपडा दिन हुँदैन । यसले घरको सुख संवृद्धि प्रभावित हुन्छ ।

– आँखामा लगाउने गाजल 
विवाहित महिलाले आफूले लगाउने गाजल पनि अरूसँग साटेर लगाउनु हुँदैन । ज्वतिषशास्त्रका अनुसार गाजल अरूसँग साटेर लगाउँदा श्रीमानको माया कम हुन्छ ।

– चुरा 
विवाहित महिलाले कहिले पनि आफ्नो हातमा लगाएका कंगन वा चुरा अरु महिलालाई दिनु हुँदैन । यसो गरेमा भाग्य कमजोर हुने मान्यता छ । किनकि चुरा कंगन साथै भाग्य पनि जाने विश्वास गरिन्छ ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार  ४ : ३९ बजे

मानव जीवनको मर्यादा सम्मान गर्न आह्वान गर्दै पोप लियोको फ्रान्स भ्रमण

भ्याटिकन सिटी- पोप लियो चौधौँ सप्ताहन्त भ्रमणका लागि फ्रान्स जाँदै

वर्षाका कारण ल्याण्डफिल साइट प्रभावित, महानगरले भन्यो ‘घरको फोहोर बाहिर ननिकाल्नु’ 

काठमाडौं– अविरल वर्षाका कारण ल्याण्डफिल साइटतर्फ जाने सडक प्रभावित भएपछि

पश्चिमी नेपालतर्फ सर्दै न्यूनचापीय प्रणाली : आगामी २-३ दिन उच्च सतर्कता अपनाउन विभागको अपिल

काठमाडौं– बंगालको खाडीमा बनेको न्यूनचापीय प्रणालीका कारण विगत दुई दिनदेखि

काठमाडौं तथा भरतपुर जाने खण्डमा पहिरो : यातायात प्रभावित

दमौली– तनहुँबाट मुग्लिङ हुँदै काठमाडौँ तथा भरतपुर जाने सडकखण्डमा पहिरोका

विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन आग्रह

दाङ– लुम्बिनी प्रदेश सरकारले सम्भावित विपद् प्रतिकार्यका लागि उच्च सतर्कता