विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार « Khabarhub

विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार


१५ चैत्र २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  विशेष गरी महिलाहरू एक अर्कामा सामानहरू साटासाट गरेर चलाउने गर्छन् । कपडा समेत पनि उनीहरू साटफेर गरेर लगाउने गर्छन् । तर केही त्यस्ता कुरा छन् जुन विवाहित महिलाले अरु महिलासँग साट्नु हुँदैन वा दिन हुँदैन । यदि ती सामग्री अरु महिलालाई दिइयो भने त्यसको असर पारिवारिक जीवनमा पर्ने विश्वास गरिन्छ ।

आज हामी ती के हुन् त जो विवाहित महिलाले अरु महिलालाई दिन नहुने ५  शृङ्गार त्यसैका बारेमा चर्चा गर्ने छौँ ।

-सिउँदाेकाे सिन्दूर 
वैवाहिक जीवनको प्रतीकको रूपमा सिन्दूरको आफ्नै विशेष स्थान छ । यदि तपाईँ सिन्दूर लगाउनको लागि अन्य महिलाहरूलाई सिन्दूरको बक्स दिनुहुन्छ भने, यो बानी परिवर्तन गर्नुहोस् ।  किनकि यदि तपाईँले आफ्नो प्रयोग गरेको सिन्दूर अन्य विवाहित महिलालाई दिनुभयो भने, तपाईँको सौभाग्य खतरामा पर्न सक्छ ।

– निधारको बिन्दी
विवाह चिन्हमा बिन्दीको पनि महत्त्वपूर्ण स्थान छ । यदि कुनै आफन्तलाई बिन्दी चाहिन्छ भने नयाँ बिन्दी दिनुहोस् । आफ्नो निधारमा बिन्दी हटाउनुको अर्थ आफ्नो पतिको माया बाँड्दै हुनुहुन्छ। त्यसैले गल्तीले पनि यो काम नगर्नुहोस् ।

– विवाहका कपडा
महिलाहरू विशेष गरी आफ्ना विवाहका कपडाहरू आफ्नो विवाह पछि दिदी बहिनी आमा वा साथीलाई दिने गर्छन् । किनकि त्यो उनीहरू दोस्रो पटक लगाउँदैनन् । तर शास्त्रका अनुसार दोस्री महिलालाई विवाहका कपडा दिन हुँदैन । यसले घरको सुख संवृद्धि प्रभावित हुन्छ ।

– आँखामा लगाउने गाजल 
विवाहित महिलाले आफूले लगाउने गाजल पनि अरूसँग साटेर लगाउनु हुँदैन । ज्वतिषशास्त्रका अनुसार गाजल अरूसँग साटेर लगाउँदा श्रीमानको माया कम हुन्छ ।

– चुरा 
विवाहित महिलाले कहिले पनि आफ्नो हातमा लगाएका कंगन वा चुरा अरु महिलालाई दिनु हुँदैन । यसो गरेमा भाग्य कमजोर हुने मान्यता छ । किनकि चुरा कंगन साथै भाग्य पनि जाने विश्वास गरिन्छ ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहिबार  ४ : ३९ बजे

वेष्ट इण्डिजका फेबियन एलेनले सुदूरपश्चिमबाट एनपीएल खेल्ने 

काठमाडौँ– सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका

युक्रेनले स्टारलिङ्कको सेवा सर्त उल्लङ्घन गरेको मस्कको आरोप

काठमाडौँ– अमेरिकी प्रविधि उद्यमी एलन मस्कले युक्रेनी सेनाले स्टारलिङ्क स्याटेलाइट

असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोडको विद्युत निर्यात

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३–८४ को असोज

सुनको मूल्यमा ११ हजार ७०० रुपैयाँको गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी– गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै