हत्या अभियोगमा पक्राउ परेका युवा सार्वजनिक  « Khabarhub

हत्या अभियोगमा पक्राउ परेका युवा सार्वजनिक 


१५ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इलाका प्रहरी कार्यालय बनेपाले ८३ वर्षिय महिलाको हत्या अभियोगमा एक  जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

बिहीबार पत्रकार सम्मेलन गर्दै इलाका प्रहरी कार्यालय बनेपाले कानमा लगाएका दुई वटा रिङ लुटेर व्यक्तिगत खर्च चलाउने उद्देश्यले एउटै घरमा भाडामा बसेकी ८३ वर्षिय लक्ष्मी तामाङलाई फागुन १७ गते बिहान हत्या गरी भागेका अभिषेक अचार्जुलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

धुलिखेल नगरपालिका वडा नम्बर ९ घर भई बनेपा नगरपालिका १३ भैसेपाटी स्थित वसन्त श्रेष्ठको घरमा डेरा लिएर बस्दै आएकी लक्ष्मी तामाङलाई सोही घरमा डेरा गरी बसेका सुनसरी घर भएका २९ वर्षीय युवक अचार्जुले हत्या गरेको खुलेको ईलाका प्रहरी कार्यालय बनेपाका डिएस्पी लालध्वज सुवेदीले जानकारी दिए ।

उनले तामाङको कोठामा प्रवेश गरेका अभिषेकले सुतिरहेको अवस्थामा घुँडाले छातीमा थिची, मुख समेत थुनी हत्या गरी दुवै कानमा लगाएको सुनको रिङ लुटेर फरार भएको खुलेको बताए ।

लुटिएको रिङलाई अभिषेकले बनेपामा रहेको विवेकरत्न सुनचाँदी पसलमा धितो राखेर ३६ हजार रुपैयाँ लिएका थिए । उक्त रकमबाट अभिषेकले साथीहरूलाई तिर्नु पर्ने केही रकम तिरेको बयान दिएका छन् ।

प्रहरीले पक्राउ परेका अभिषेकलाई जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान शुरु गरेको बताएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार  ५ : ०७ बजे

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ