बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो « Khabarhub

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो


१५ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

ढाका– बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को छ महिना थप गरेको छ । 

बंगलादेशको गृह मनत्रालयले बुधबार एक सूचना जारी गर्दै जेल सजाय थप गरिएको जनाएको छ । मन्त्रालयले थप गरिएको अवधिमा खालेदा जियाले आफ्नो मुलुक छाड्न पाउने छैनन् । 

मन्त्रालयले खालेदाले बंगलादेशमै स्वास्थ्योपचार गर्नुपर्ने पनि जनाएको छ । सन् २०२० यता पूर्वप्रधानमन्त्री खालेदाको जेल सजाय थप गरिएको यो छैटौँ पटक हो । कोभिड महामारीको समयमा मानवीय कारण देखाउँदै बंगलादेश सरकारले सन् २०२० मार्चमा अस्थायी प्रयोजनका लागि जियालाई जेलमुक्त गरिदिएको थियो ।

बंगलादेश नेसन्लिस्ट पार्टीका अध्यक्ष समेत रहनु भएकी पूर्वप्रधानमन्त्री जिया सन् २०१८ देखि जेलमा रहेका छन् । बंगलादेशको एक अदालतले उहाँमाथि विदेशबाट प्राप्त सहायता रकम हिनामिना गरेको आरोपमा सात वर्षको जेल सजाय तोकेको थियो । 

खालेदामाथिको जेल सजाय राजनीतिक प्रेरित रहेको विपक्षी दलले आरोप लगाउँदै आएको छ । 

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार  ५ : ५३ बजे

विश्व आर्थिक स्वतन्त्रतामा नेपाल ९०औँ स्थानमा, एक स्थान तल झर्‍यो

काठमाडौं– क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले सार्वजनिक गरेको ‘विश्व

आधुनिक र सक्षम कांग्रेस निर्माण गर्न केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : सन्दीप राना

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनको आज चौथो दिन उम्मेदवारीको

संवैधानिक इजलास गठनमा तजबिज चलेको भन्दै नेपाल बारको आपत्ति

काठमाडौं– सर्वोच्च अदालतमा संवैधानिक इजलास गठनका सम्बन्धमा उत्पन्न पछिल्लो घटनाप्रति

रेबिज निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत  

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय

बेनी–जोमसोम सडक सञ्चालनका लागि मुस्ताङका तीन स्थानीय तहले दिए ६ ब्यारेल डिजेल

मुस्ताङ– राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक आयोजनालाई मुस्ताङका तीन स्थानीय तहले