रूसविरुद्ध एफ-१६ लडाकु विमान प्रयोग भए वैध निशाना बनाउने पुटिनको घोषणा « Khabarhub

रूसविरुद्ध एफ-१६ लडाकु विमान प्रयोग भए वैध निशाना बनाउने पुटिनको घोषणा


१५ चैत्र २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

मस्को– युक्रेनलाई दिइएको एफ-१६ लडाकु विमान तेस्रो पक्षबाट प्रयोग गरिएमा जुनसुकै ठाउँमा भए पनि रूसले तिनीहरूलाई निशाना बनाउने चेतावनी रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले दिएका छन् । 

पुटिनले टेभर क्षेत्रका सैन्य चालकहरूसँगको कुराकानीका क्रममा भने, “यदि ती तेस्रो मुलुकका हवाई क्षेत्रहरूबाट प्रयोग गरिन्छ तिनीहरू जहाँ सुकै किन नहोस् तिनीहरू हाम्रो लागि वैध लक्ष्य बन्नेछन् । 

युक्रेनले लामो समयदेखि आफ्ना साझेदारलाई एफ-१६ लडाकू विमान आफूलाई हस्तान्तरण गर्न आग्रह गर्दै आएको छ । 

तथापि, पश्चिमले पाइलट र ग्राउन्ड सर्भिसका कर्मचारीहरूको उचित प्रारम्भिक प्रशिक्षण बिना किएभलाई यस्ता विमानहरू आपूर्ति गर्न असम्भाव्यतामा जोड दिन्छ ।

डेनमार्क, नेदरल्याण्ड्स, संयुक्त राज्य अमेरिका र धेरै अन्य पश्चिमी देशहरू हाल युक्रेनी पाइलटहरूलाई प्रशिक्षण दिन सक्रिय रूपमा संलग्न छन् उनीहरूले एफ-१६ को महत्त्वलाई कम आँक्न नहुने बताएका छन् । 

उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) का महासचिव जेन्स स्टोलटेनबर्गले यी लडाकु विमानले युक्रेनी सेनाको क्षमतालाई आंशिक रूपमा बलियो बनाए पनि युद्धक्षेत्रको अवस्थालाई आधारभूत रूपमा परिवर्तन गर्न नसक्ने बताएका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहिबार  ६ : १४ बजे

केन्यामा बस र ट्रक ठोक्किँदा २२ जनाको मृत्यु

एजेन्सी– केन्याको मुख्य राजमार्गमा आइतबार बस र ट्रक एकआपसमा ठोक्किँदा

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि हो : मन्त्री चौधरी

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनका असर

विराटनगर किङ्सबाट एनपिएल खेल्न नेपाल आइपुगे आन्द्रे रसेल

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न वेस्ट इन्डिजका चर्चित

भारतको बाँध परियोजनाविरुद्ध प्रदर्शन, प्रहरीसँग झडप हुँदा ४० प्रहरी घाइते

नयाँदिल्ली– चीनसँग सीमा जोडिएको हिमालय क्षेत्रमा प्रस्तावित विशाल जलविद्युत् बाँध

महान्यायाधिवक्ताको निर्णय उल्ट्याउँदै सर्वोच्चको परमादेश- ‘कैद हद अधिकार हो, सुविधा होइन’

काठमाडौँ– सर्वोच्च अदालतले कैदहदको सुविधा पाएका कैदीलाई प्यारोल सुविधाबाट वञ्चित