अपहरित नाइजेरियाली बालबालिका अभिभावकसँग पुनर्मिलन « Khabarhub

अपहरित नाइजेरियाली बालबालिका अभिभावकसँग पुनर्मिलन


१५ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

कडुना दुई हप्ताभन्दा बढी समय अपहरणमा परेर सेनाको सहयोगमा मुक्त भएका एकसय ३० भन्दा बढी नाइजेरियाली स्कुले बालबालिकाका अभिभावकहरूले बुधबार पुनर्मिलनको समयमा खुसीका आँशु रोक्न नसकेको बताएका छन् ।

बच्चाहरू मुक्त भएको तीन दिनपछि कडुना शहरमा सरकारले व्यवस्था गरेको कार्यक्रममा अभिभावकसँग पुनर्मिलन गराइएको थियो । उक्त स्थानमा बच्चाहरूलाई चिकित्सा सहायता सहित राखिएको थियो । 

गत मार्च ७ यता पहिलो पटक भेट हुँदा अभिभावकहरूले आफ्ना बच्चालाई अश्रुपुरित अंकमाल गरेका थिए । कडुनाको उत्तरपश्चिमी दुर्गम शहर कुरिगामाबाट मोटरसाइकलमा आएका बन्दुकधारीले ती बालबालिकालाई बन्दुकको नालको त्रासमा विद्यालयबाट अपहरण गरेका थिए । 

‘म आज निकै हर्षित र खुसी भएकी छु,’ अपहरणमा परेकी आफ्नी १४ वर्षीया छोरीलाई भेटेपछि शिटु अब्दुल्लाहीले निकै उत्साही हुँदै भने । 

दश देखि १५ वर्षसम्मका ती बालबालिकालाई कहिले घर जान अनुमति दिइने हो भन्ने अझै स्पष्ट भइसकेको छैन । अभिभावकहरूले भने सरकारले यो हप्ताभित्रै घर पठाउने आश्वासन दिएको बताएका छन् । 

अपहरणकारीले विद्यार्थीसँगै लगिएका एकजना कर्मचारीको बन्दी अवस्थामै  मृत्यु भएको सैन्य अधिकारीहरूले बताएका छन् । एक अभिभावक इब्राहिम मिकालुले आफ्नी १३ वर्षीया छोरीलाई भेटेपछि आफू भावुक भएको र परिवारका बाँकी सदस्य उनलाई घरमै हेर्न उत्सुक रहेको बताए । 

छिमेकी जाम्फरा राज्यको उत्तरमा करिब दुई सय किलोमिटर टाढाको जंगलबाट आइतबार नाइजेरियाली सेनाले ती स्कुले बालबालिकालाई मुक्त गरेको थियो । उनीहरुले अहिले सेना र सरकारले व्यवस्था गरेको औषधि उपचार प्राप्त गरिरहेका छन् ।

अधिकारीहरूले कुरिगाका बच्चाहरूको मुक्तिका लागि कुनै फिरौती नदिएको बताएका छन् । हालसम्म कुनै पनि समूहले उनीहरूको अपहरणको जिम्मेवारी लिएको छैन । स्थानीय अधिकारीहरूले द्वन्द्वग्रस्त उत्तरमा सामूहिक हत्या र फिरौतीका लागि डाकु समूहहरूले घटना घटाएको आँकलन गरेका छन् । 

सन् २०१४ मा नाइजेरियाको बोर्नो राज्यको चिबोक गाउँमा बोको हराम समूहका लडाकुले दुई सय ६७ जना स्कुले छात्रा अपहरण गरेयता नाइजेरियाका विद्यालयहरूबाट कम्तीमा १४ सय विद्यार्थी अपहरण भइसकेका छन् । 

पछिल्लो समयमा अपहरणका घटनाहरू द्वन्द्वग्रस्त उत्तर-पश्चिम र मध्य क्षेत्रहरूमा केन्द्रित छन्, जहाँ दर्जनौँ सशस्त्र समूहहरूले गाउँले र अन्य यात्रुहरूलाई फिरौतीका लागि अपहरण गर्ने गर्छन् । 

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार  ६ : ५७ बजे

पछिल्ला २४ घन्टामा कहाँ कति पर्‍यो पानी ?

काठमाडौं – तराई क्षेत्रमा तातो बढिरहेका बेला आज देशका विभिन्न

सुकुमवासीसँग पोखरा महानगरले माग्यो विवरण

कास्की – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा बनेका संरचना

चौतारीमा हेमन्त कान्छासँग छमछम नाच्दै रचना रिमाल

काठमाडौँ । गायक तथा सारंगीवादक हेमन्तकान्छा रसाइलीले लोक लयमा आधारित

स्वास्थ्यमन्त्री मेहता र भारतीय समकक्षी नड्डाबीच भेटवार्ता

काठमाडौं – स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका

चीन–युरोप अन्तरिक्ष सहकार्यमा ऐतिहासिक सफलता, ‘स्माइल’ उपग्रह प्रक्षेपण

फ्रेन्च गिआना – चिनियाँ विज्ञान प्रतिष्ठान र युरोपेली अन्तरिक्ष एजेन्सी