सरकारले भूमि बैंकको प्रस्ताव ल्याएकोमा किसान संगठनको आपत्ति « Khabarhub

सरकारले भूमि बैंकको प्रस्ताव ल्याएकोमा किसान संगठनको आपत्ति


१५ चैत्र २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ६ किसान सङ्गठनहरूले भूमि बैंकको प्रस्ताव नल्याउन र राष्ट्रिय भूमि आयोग तत्काल गठन गर्न माग गरेका छन् । 

 बिहिबार अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ (अप्फा), अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), अखिल नेपाल किसान युनियन र अखिल नेपाल प्रगतिशील किसान संघसहित ६ कम्युनिस्ट पार्टी निकट किसान सङ्गठनहरूले नयाँ गठबन्धनले आफ्नो संकल्पमा भूमि बैंकको प्रस्ताव ल्याएकोप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

उनीहरूले भने- ‘भूमि बैंकजस्तो किसान विरोधी कार्यक्रमलाई अविलम्ब खारेज गर्न जोडदार माग गर्दछौँ । साथै, भूमि समस्या समाधान गर्न तत्काल अधिकारसम्पन्न आयोग गठन गरी भूमिहीन दलित, सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन, अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्न, ‘जमिन जोत्नेको’ नाराका आधारमा वैज्ञानिक-क्रान्तिकारी भूमिसुधार लागू गर्न, विकल्पबिनै किसानहरूलाई उठिबास गराउने कार्य रोक्न माग गर्दछौं ।’

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहिबार  ७ : ४१ बजे

तलेजु भवानीको दर्शन गर्न भक्तपुरमा भक्तजनको ओइरो

भक्तपुर– हरेक वर्ष शारदीय नवरात्रको महानवमीका दिन मात्र सर्वसाधारणका लागि

सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री

काठमाडौँ– बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम बस्तीमा

हिरासतमा रहेकी सुकीलाई बेलायती राजा चार्ल्सको उपहार

याङ्गुन – म्यान्मामा हिरासतमा रहेकी नोबेल शान्ति पुरस्कार विजेता आङ

निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व

गण्डकी– अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण

मालीमा सशस्त्र समूहको आक्रमणमा ५० जनाको मृत्यु

बामाको – मालीको उत्तरपूर्वी मेनाका क्षेत्रमा सशस्त्र समूहले गरेको आक्रमणमा