पिकअपको ठक्करबाट ट्रक चालकको मृत्यु | Khabarhub Khabarhub

पिकअपको ठक्करबाट ट्रक चालकको मृत्यु


१५ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

धनकुटाग्याँस लोड गर्दैगरेका चालकको पिकअप भ्यानको ठक्करबाट मृत्यु भएको छ। 

धनकुटा नगरपालिका–६ स्थित कोल्डस्टोरमा बिहीबार पिकअप भ्यानले ट्रकलाई ठक्कर दिँदा ग्याँस लोड गर्दैगरेका ट्रक चालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा सिराहाको गोलबजार घर भइ धनकुटा–९ स्थित गुठिटार बस्ने ३० वर्षीय निरज ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। 

विहीवार दिउँसो करिव साढे १ बजे सिधुवाबाट धनकुटा आउँदै गरेको बाप्र०१–०२६ च ८९९२ नम्बरको पिकअपले सडकमा रोकेर ग्यास लोड गर्दैगरेको बाप्र ०१–००६ ख ४६५२ नम्बरको ट्रकलाई ठक्कर दिँदा ग्याँस लोड गर्दैगरेका चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनापछि पिकअप चालक धादिङको सिद्धलेख गाउँपालिका–३ का ३८ वर्षीय चेतबहादुर विशुँखे र पिकअपलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। 

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार  ७ : ५९ बजे

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने