कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको दोस्रो खेल आज « Khabarhub

कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको दोस्रो खेल आज


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


684
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो खेल आइतबार हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको पहिलो खेलमा चार विकेटको शानदार जित निकालेको नेपाल आइतबार उच्च मनोबलका साथ मैदानमा हुनेछ। यो खेल दिउँसो १ बजे सुरु हुनेछ। वेस्ट इन्डिसँगको पाँच खेलको टी-२० सिरिज अन्तर्गत आइतबार नेपालले दोस्रो खेल खेल्न लागेको हो।

पहिलो खेलमा रोहितको शतकमा नेपालको शानदार जित
शनिबार भएको पहिलो खेलमा टस जितेर वेस्ट इन्डिजलाई ब्याटिङको निम्तो दिएको नेपाले २०५ रनको लक्ष्य पाएको थियो। वेस्ट इन्डिजले दिएको २०५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ६ विकेट गुमाएर पुरा गरेको थियो।

नेपालले ६ विकेटको क्षतिमा २०६ रनको योगफल बनाएको हो। कप्तान रोहितकुमार पौडेलको शतकीय इनिङमा विजयी भएको नेपालले घरेलु मैदानमा दोस्रो ओभरको अन्तिम बलमा पहिलो विकेट गुमाएको थियो।

ओपनर अनिल शाह ९ बल खर्चेर ५ रन मात्रै जोडेर आउट हुँदा अर्का ओपनर कुशल भुर्तेल वेस्ट इन्डिजका बलरसामु टिक्न सकेनन्। १२ बलमा १६ रन जोडेर उनी आउट भए।

सस्तैमा दुई ओपनर मैदानबाट बाहिरिए पनि कप्तान पौडेललेको प्रदर्शन सम्झन लायक बन्यो। उनले शतक प्रहार गरे। ५४ बलमा ११२ रन प्रहार गर्दा उनले ६ छक्का र १० चौका प्रहार गरे।

दीपेन्द्र सिंह ऐरीले २४ र कुशल मल्लले १६ रन जोडे। नेपालका अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन्।

वेस्टइन्डिजका लागि म्याथ्यु फोर्ड र ओबेद म्याक कोयले समान दुईदुई विकेट लिए भने किमो पलको नाममा एक विकेट रह्यो।

सुरुमा ब्याटिङ गरेको वेस्ट इन्डिजका लागि कप्तान रोस्टन चेसले अर्धशतक प्रहार गरेका थिए। उनले ९ चौका र दुई छक्काको सहयोगमा ४६ बलमा ७४ रन बनाएका थिए।

ओपनर एलिक एथेनाजे ५ चौका र तीन छक्काको सहयोगमा २५ बलमा ४७ रन प्रहार गरे। अर्का ओपनर जोनसन चार्ल्स दुई बल खर्च गरेर खाता नखोली भेभेलियन फर्किएका थिए। आन्द्रे फ्लेचर १३ रन जोडेर क्रिजबाट बाहिरिए। केसी कार्टीले २६ बलमा ३८ रन जोडे। उनले १५ बलमा दुई चौका प्रहार गरेका थिए।

नेपालका लागि कमलसिंह ऐरी, रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी र अभिनाश बोहोराले समान एकएक विकेट लिएका थिए।

नेपालको राष्ट्रिय टिमसँग प्रतिस्पर्धा गर्ने वेस्ट इन्डिज ‘ए’ टिममा अनुभवी खेलाडी समेटिएका छन्। वेस्ट इन्डिजले नेपालसँगको प्रतिस्पर्धाका लागि ३२ वर्षीय रोस्टन चेसको कप्तानीमा टिम नेपाल पठाएको हो।

कीर्तिपुरमा नेपालले वेस्ट इन्डिजसँग पाँच खेलको सिरिज अन्तर्गत तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र पाँचौँ खेल शनिबार खेल्नेछ। यो सिरिजलाई आगामी टी-२० विश्वकपको तयारीको रुपमा हेरिएको छ।

यो पनि पढ्नुहोस्
वेस्ट इन्डिज ‘ए’ माथि नेपालको शानदार जित
थोत्रे भ्यानमा वेस्ट इन्डिजका खेलाडीको लगेज, क्यानको आलोचना

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ६ : १८ बजे

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

काठमाडौँ– गृह मन्त्रालय प्रवेश गर्दै गर्दा सिँढी नजिकैको भित्तामा ‘फ्लेक्स

मेची भन्सारबाट ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम आठ महिनामा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रतिनिधिसभाका समानुपातिक सांसदलाई आयोगले आज प्रमाणपत्र दिँदै

काठमाडौँ– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फका सांसदलाई आज प्रमाणपत्र

कांग्रेस सभापति थापाले दिए पदबाट राजीनामा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पदबाट राजीनामा दिएका छन्