वेस्ट इन्डिज ‘ए’ माथि नेपालको शानदार जित « Khabarhub

वेस्ट इन्डिज ‘ए’ माथि नेपालको शानदार जित


१५ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


23.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपालले वेस्ट इन्डिज ए माथि शानदार जित हासिल गरेको छ । नेपालले वेस्ट इन्डिज ए लाई ४ विकेटले पराजित गरेको हो ।

वेस्ट इन्डिजले दिएको २०५ रनको लक्ष्य पछाएको नेपालले १९.४ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

नेपालले ६ विकेटको क्षतिमा २०६ रनको योगफल बनाएको थियो । कीर्तिपुरस्थित टीयू मैदानमा विशाल लक्ष्य पछ्याएको नेपालले दोस्रो ओभरको अन्तिम बलमा नै पहिलो विकेट गुमाएको थियो ।

ओपनर अनील शाह ९ बल खर्चेर ५ रन मात्रै जोडे । अर्का ओपनर कुशल भुर्तेल पनि वेस्टइन्डिजका बलरसामु टिक्न सकेनन् । १२ बलमा १६ जोडेर उनी मैदानबाट बिदा भए ।

सस्तैमा दुई ओपनर मैदानबाट बाहिरिए पनि कप्तान रोहित पौडेललेको प्रदर्शन सम्झन लायक बन्यो । उनले शतक प्रहार गरे । ५४ बलमा ११२ रन प्रहार गर्दा उनले ६ छक्का र १० चौका प्रहार गरे । उनको उत्कृष्ट प्रदर्शनले नेपाललाई जिततर्फ डोर्‍याएको हो ।

दीपेन्द्र सिंह ऐरीले २४ र कुशल मल्लले १६ रन जोडे । अन्य खेलाडीले दोहोरो रन नजोड्दा पनि नेपाललाई वेस्टइन्डिज जितबाट रोक्न सकेनन् ।

वेस्टइन्डिजका लागि म्याथ्यु फोर्ड र ओबेद म्याक-कोयले समान २-२ विकेट लिए भने किमो पलको नाममा एक विकेट रह्यो ।

त्यसअघि नेपाललाई चुनौती दिने क्रममा वेस्टइन्डिजका कप्तानको रोस्टन चेस अर्धशतक प्रहार गरेका थिए । यस खेलमा वेस्टइन्डिजका लागि सर्वाधिक रन प्रहार गर्ने ब्याटर उनी नै हुन् । उनले ९ चौका र दुई छक्काको सहयोगमा ४६ बलमा ७४ रन प्रहार गरे ।

ओपनर एलिक एथेनाजे प्रदर्शन सुखद रह्यो । उनले ५ चौका र तीन छक्काको सहयोगमा २५ बलमा ४७ प्रहार गरे । अर्का ओपनर जोनसन चार्ल्स दुई बल खर्च गरेर रनको खाता नखोली पभेलियन फर्किएका थिए । अर्का ब्याटर आन्द्रे फ्लेचर पनि खासै चल्न सकेनन् । उनी मात्र १३ रन जोडेर क्रिजबाट बाहिरिए । अर्को ब्याटर केसी कार्टीले २६ बलमा ३८ रन जोडे । उनले १५ बलमा दुई चौका प्रहार गरे ।

नेपालका लागि कमलसिंह ऐरी, रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी र अभिनाश बोहोराले समान १-१ विकेट लिए ।ञ

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  ४ : ०२ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले