इलाम–२ मा मतगणनाका लागि सर्वदलीय बैठक जारी | Khabarhub Khabarhub

इलाम–२ मा मतगणनाका लागि सर्वदलीय बैठक जारी


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इलाम–२ मा हिजो भएको उपनिर्वाचनको मतगणनाका लागि सर्वपक्षीय र सर्वदलीय बैठक जारी रहेको छ ।

बैठकले मतगणनाका बारेमा मापदण्ड तय गर्नेछ । इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सर्वदलीय बैठक सकिएपछि मतगणना सुरु हुने जानकारी दिए ।

हिजो उपनिर्वाचन सम्पन्न भएपछि राति अबेर सबै मतपेटिका सदरमुकामस्थित गौतमबुद्ध सभागृहस्थित गणनास्थल ल्याइएको छ।

इलामको उपनिर्वाचनमा एक लाख १५ हजार ८ सय ८९ मतदातामध्ये ६९ हजार दुई सय ८७ मत खसेको छ । यो समग्रमा ६० प्रतिशत हो ।

उपनिर्वाचनमा १२ राजनीतिक दल र सात स्वतन्त्र उम्मेदवार गरी १९ जना चुनावी मैदानमा छन् ।

प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको गत भदौ २६ मा निधन भएपछि रिक्त क्षेत्रमा हिजो उपनिर्वाचन भएको हो।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ८ : ५७ बजे

सुशासनका लागि ध्यानयोग पनि आवश्यक : परराष्ट्रमन्त्री

काठमाडौं– उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा सुशासन कायम गर्न

लोकसभा चुनाव : दिल्लीमा मुस्लिम मतदाता ‘गेम चेन्जर’

नयाँ दिल्ली – भारतको दिल्लीमा लोकसभा चुनाव आगामी २५ मे

जिबी राईलाई अघिल्लो सरकारले भगायो : गृहमन्त्री लामिछाने

चितवन– उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संसद्मा बोल्न पाउने आफ्नो

कथा : पोलेको मकै

शान्ति, मभन्दा दुई वर्षले जेठी थिई तर हामी एकै क्लासमा

नेपालगञ्ज उपमहानगरका उपमेयर राई जसपा नेपालमै रहने

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपाल बाँकेका अध्यक्ष तथ नेपालगञ्ज