जापानी परराष्ट्रमन्त्री योको नेपाल भ्रमणमा आउने | Khabarhub Khabarhub

जापानी परराष्ट्रमन्त्री योको नेपाल भ्रमणमा आउने


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जापानकी विदेशमन्त्री योको कामीकावाले आगामी साता नेपालको भ्रमण गर्ने भएकी छिन् । जापानको परराष्ट्र मन्त्रालयले शनिबार परराष्ट्रमन्त्री योको कामीकावाको भ्रमण घोषणा गरेको हो ।

जापानको विदेश मन्त्रालयका अनुसार विदेशमन्त्री कामीकावा वैशाख २३ गते काठमाडौँ आइपुग्ने छिन् ।

विदेशमन्त्री कामीकावा श्रीलङ्काको भ्रमणपछि नेपाल आउने तालिका रहेको नेपालस्थित जापानी दूतावासले जानकारी दिएको छ । जापानी विदेशमन्त्री नेपाल आउन लागेको सन् २०१९ पछि पहिलो पटक हो ।

नेपाल र जापान बीचमा कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्न लागेको अवसरमा विदेशमन्त्रीको यो भ्रमण फलदायी हुने अपेक्षा रहेको दूतावासले जनाएको छ ।

 

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  १० : २८ बजे

मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक जनाको मृत्यु

किमाथांका– सङ्खुवासभामा रहेको विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गरी

गृहमन्त्रीमाथि छानबिन गर्न समिति बन्नुपर्छ, राप्रपा सरकार ढाल्ने खेलमा छैन : अध्यक्ष लिङदेन 

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले गृहमन्त्रीमाथि छानबिन

विदेशबाट फर्किएका विष्णु बरालको सन्देश : आफ्नै माटोमा सुन फल्छ !

मोरङ (उर्लाबारी) : कृषि कर्ममा सुरक्षित भविष्य नदेख्ने ठूलो जमात

रसुवागढी नाकामा पर्यटकको चहलपहल बढ्दै

रसुवा– चीनको आधार इलाकामा पर्ने मानसरोवर कैलाश तीर्थ र ल्हासा

रुद्राक्षको व्यापारबाट मनग्य आम्दानी

धरान– धरान उपमहानगरपालिका–१४ का सन्तोष विश्वकर्माले रुद्राक्षको व्यापारबाट मनग्य आम्दानी