पर्सामा नौ महिनाभित्र ७३९ घरेलु उद्योग स्थापना | Khabarhub Khabarhub

पर्सामा नौ महिनाभित्र ७३९ घरेलु उद्योग स्थापना


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

पर्सा – जिल्लामा चालु आर्थिक वर्षको नौ महिनामा ८६ करोड १० लाख ८१ हजार ९९८ रुपैयाँ लगानीमा ७३९ वटा घरेलु तथा साना उद्योग स्थापना गरिएको छ ।

पर्सास्थित घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख धनञ्जय सिंहका अनुसार गत आर्थिक वर्षमा एक हजार ८९ नयाँ उद्योग थपिएका थिए । उनका अनुसार यस वर्ष पनि गत वर्षकै हाराहारीमा नयाँ उद्योग थपिने अनुमान छ ।

चालु आर्थिक वर्षभित्र दर्ता भएका उद्योगमध्ये प्राइभेट फर्ममा दर्ता भएका घरेलु तथा साना उद्योगको सङ्ख्या सबैभन्दा बढी अर्थात् ६९४ पुगेको छ । साझेदारी फर्ममा दर्ता गरिएका भने १० वटामात्रै छन् । ‘प्राइभेट लिमिटेड’ मा दर्ता हुनेको सङ्ख्या ३५ छ ।

चालु आर्थिक वर्षमा दर्ता भएका उद्योगको चालु पुँजी भने ७१ करोड सात लाख ८४ हजार ३१४ रुपैयाँ छ । कुल पुँजी एक अर्ब ५७ करोड १८ लाख ६६ हजार ३१२ रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षमा दर्ता भएका उद्योगको वार्षिक उत्पादन क्षमता तीन अर्ब एक करोड ४५ लाख ८८ हजार ९३८ रुपैयाँ बराबर रहेको कार्यालयले जानकारी दिएको छ ।

कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा नयाँ साना तथा घरेलु उद्योग दर्ता भएर रु ५९ लाख ८२ हजार चार सय राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्षमा पर्सामा एक हजार ८९ वटा घरेलु उद्योग दर्ता भएका थिए ।

दर्ता गरिएकामध्ये प्राइभेट फर्मको सङ्ख्या एक हजार २५ थियो । साझेदारी फर्मको सङ्ख्या १३ र प्राइभेट लिमिटेडको सङ्ख्या ५१ थियो । गत आर्थिक वर्षमा दर्ता भएका नयाँ घरेलु उद्योगको स्थिर पुँजी एक अर्ब ५४ करोड ४४ लाख ६९ हजार ५२ रुपैयाँ थियो ।

त्यसैगरी गत आर्थिक वर्षमा दर्ता भएका उद्योगको चालु पुँजी भने रु एक अर्ब २९ करोड ७१ लाख ८२ हजार तीन सय ७५ छ । गत आर्थिक वर्षमा दर्ता भएका उद्योगको कुल पुँजी रु दुई अर्ब ८४ करोड १६ लाख ५१ हजार ४२७ छ । गत आर्थिक वर्षमा दर्ता भएका उद्योगको वार्षिक उत्पादन गर्ने क्षमता चार अर्ब ३४ करोड ९८ लाख ६१ हजार ३५५ रुपैयाँ छ ।

कार्यालयले गत आर्थिक वर्षमा दर्ता भएका घरेलु उद्योगबाट एक करोड छ लाख ३९ हजार २५० राजस्व सङ्कलन गरेको थियो । गत आर्थिक वर्षमा दर्ता भएका उद्योगले पाँच हजार ४६० जनालाई रोजगारी दिने आकलन गरिएको थियो ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  १० : ४५ बजे

कांग्रेसले आत्महत्या नै गर्छु भने पनि व्यक्तिका नाममा छानबिन समिति बन्दैन : बर्तौला 

काठमाडौं– सत्तारुढ दल नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेसले

सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक पौडेलसहित ६ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी

कोशीका मुख्यन्यायाधिवक्ता कोइराला पदमुक्त

काठमाडौं– कोशी प्रदेशको मुख्यन्यायाधिवक्ता रुपेश कोइराला पदमुक्त भएका छन् ।

८ अंकले बढ्यो नेप्से

काठमाडौं– आइतबार साताको पहिलो शेयर बजारमा लगानीकर्ताको उत्साह देखिएको छ

पद नै जानेगरी सरकारको विरोधमा के भनेका थिए चिरञ्जीवी नेपालले ?

काठमाडौं – गत वैशाख २० गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले